एमाले सुर्खेत इन्चार्ज सामु प्रदेश इन्चार्ज निरीह, खोस्न सकेनन् डण्डीको टिकट
सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेल जिल्ला इन्चार्ज नवराज रावतका सामु निरीह देखिएका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर एक ‘क’ मा डण्डी प्रसाद शर्मालाई टिकट दिएको खण्डमा आफूले चुनाव नलडने भन्दै पार्टी महासचिव शंकर पोखरेललाई धम्की दिएका कंडेलको माग पार्टी केन्द्रले वेवास्ता गरिदिएको छ ।
अर्थात, आज विहानै जिल्ला इन्चार्ज रावतले सबै उम्मेदवारको हातमा टिकट थमाई दिएका छन् । अब एमालेबाट उक्त क्षेत्रमा शर्माले नै उम्मेदवारी गर्ने पक्का भएको हो ।
जिल्ला कमिटिको वैठकलेसमेत डण्डीलाई चुनाव जिताउन नसकिने भन्दै निर्णय गरेपनि पार्टी केन्द्रले भने उक्त निर्णयलाई हेर्न समेत चाहेन ।
अन्ततः शर्माको टिकट नखोसिनुले सुर्खेत एमालेमा रावतको पल्ला भारी रहेको पुष्टि भएको एमाले कार्यकर्ताको आंकलन छ ।
उनले आज मेहलकुनामा रहेको निर्वाचन अधिकृतका कार्यालयमा मनोनयन दर्ता गर्ने भएका हुन ।
उनको टिकट फिक्स भएसँगै, एमाले सुर्खेतको चरम गुटवाद सडकमै छताछुल्ल पोखिएको छ ।
पहिलोप्रेस
२३ आश्विन २०७९, आईतवार १०:४७