कर्णालीका मुख्यमन्त्री शाहीद्धारा मनोनयनपत्र दर्ता
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले हुम्ला जिल्लाको प्रदेश सभा दुईबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका कार्यालयमा आज उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
‘उहाँको दर्ता नम्बर पाँच रहेको छ । उहाँको मनोनयनपत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।’ मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले पहिलोप्रेससँग भने, ‘हुम्लामा दिउसो दुइ बजे मनोनयनपत्र दर्ता गर्ने भनिएपनि मौसमको प्रतिकुलताका कारण त्यहाँ जान असम्भव भएका कारण यहिबाट दर्ता गराएका हौं ।’
पहिलोप्रेस
२३ आश्विन २०७९, आईतवार १२:४३