Loading... आजः २८ जेष्ठ २०८३, बिहीबार

कर्णालीका मुख्यमन्त्री शाहीद्धारा मनोनयनपत्र दर्ता


सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले हुम्ला जिल्लाको प्रदेश सभा दुईबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका कार्यालयमा आज उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

‘उहाँको दर्ता नम्बर पाँच रहेको छ । उहाँको मनोनयनपत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।’ मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले पहिलोप्रेससँग भने, ‘हुम्लामा दिउसो दुइ बजे मनोनयनपत्र दर्ता गर्ने भनिएपनि मौसमको प्रतिकुलताका कारण त्यहाँ जान असम्भव भएका कारण यहिबाट दर्ता गराएका हौं ।’