Loading... आजः ५ पुष २०८१, शुक्रबार

सुर्खेतमा गठबन्धनबाट नेकपा एस आउट !

तीन बजे मनोनयन दर्ता गर्दै


सुर्खेत ।
नेकपा एकीकृत समाजवादी सुर्खेत गठबन्धनबाट बाहिरिएको छ । नेकपा एसले सुर्खेतका दुई प्रतिनिधि सभा तथा चार प्रदेश सभामध्ये एक सिट पनि गठबन्धनले नदिएको भन्दै गठबन्धनबाट बाहिरिएर अलग्गै चुनाव लडने तयारी गरेको हो ।
नेकपा एसबाट निर्वाचन क्षेत्र नम्बर दुई ‘क’ बाट शिव प्रसाद उपाध्यायले उम्मेदवारी दर्ता गर्ने भएका छन् भने ‘ख’ बाट मोहन बडुवालले दर्ता गर्ने भएका छन् ।
‘हाम्रो मागप्रति गठबन्धन दलहरु सकारात्मक देखिएनन् ।’ अध्यक्ष बडुवालले भने, ‘हामी दुइ जना निर्वाचनमा होमिएका छौं । हामी आफ्नै दलबाट चुनाव लडछौं ।’
नेकपा एस गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ गठबन्धनमा खैलाबैला मच्चिएको छ भने एमाले भने हर्षित देखिएको छ ।
ख बाट
तीन बजे


सम्बन्धित समाचार