Loading... आजः ३ पुष २०८१, बुधबार

कर्णाली प्रदेश सभामा ‘विद्रोह’ गरेका एमाले उम्मेदवार रेग्मी को हुन ?

यस्ता छन्, उनका चुनावी एजेण्डा

सम्पादकीय नोटः उनीसँग गरिएको कुराकानीमा आधारित रहेर यो सामाग्री तयार गरिएको हो । हामी सकेसम्म धेरै भन्दा धेरै उम्मेदवारसँग यसरी कुराकानी गर्दै सामाग्री तयार गर्नेछौं ।

सुर्खेत ।
आगामी मंसिर चार गते संघ र प्रदेशको निर्वाचनको मिति नजिकिएसँगै कर्णालीमा सबै उम्मेदवारहरु घरदैलोमा जुटन थालिसकेका छन् । दैलेखेको निर्वाचन क्षेत्र नम्बर एक ‘क’ बाट तत्कालिन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्दै एमालेसँगको तालमेलमा चुनाव जितेका नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी यसपटक पनि चुनाव लडेका छन् ।

२०७४ सालमा काँग्रेसका कृष्ण विसीलाई पराजित गरेका सांसद रेग्मी हाल सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनका काँग्रेसका पूर्ण चालिसेसँग प्रतिस्पर्धा गर्दैछन् ।

कर्णाली प्रदेश सभमा विद्रोही सांसदको भूमिका देखाएका सांसद रेग्मीका चुनावी प्रतिबद्धता यस्ता छन् ।

‘मैले कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा कानुन निर्माण, शुशासन र भ्रस्टाचार बिरोधि अभियान्ताका रूपमा अनवरत रूपमा प्रदेश सभामा आवाज बुलन्द गरीरहे । जनताका आवाज प्रदेशसभामा मुखरित गर्न मैले कसैको डर त्रास तथा प्रलोभनमा नपरी सरकारमाथी निरन्तर प्रश्न उठाइरहे । राजनीतिक र प्रशासनिक नेतृत्व तहमा हुने भ्रष्टाचार र कमिसनतन्त्रले कर्णालीको गरिबी,बेरोजगारी र अव्यवस्था थप कहालिलाग्दो बनिरहेको छ ।जनप्रतिनिधिको रूपमा मैले लगातार त्यसबिरुद्व आवाज उठाए ।’

उनी भन्छन्, ‘मेरो निर्वाचन क्षेत्रमा यो अवधीमा २९ वटा विधालय भवन निर्माण गरिएको छ।केही रणनीतिक सडक, खानेपानी, कृषि, र स्वास्थ क्षेत्रमा उल्लेख्य कामहरू सम्पन्न भएका छ्न ।

उनका प्रतिबद्धता यस्ता छनः
क.) बिगतमा हामीले शुरु गरेका पुर्वाधारका कामहरूको निरन्तरता दिने
ख) सुर्खेत – दैलेख – सडक“ प्रदेश प्राथमिकतामाको सडकमा राखेर “डबललेन“ बनाउने ।
ग) पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई रणनीतिक महत्वका रूपमा प्रदेश र संघीय कार्यक्रम मार्फत यथाशीघ्र अगाडि बढाउने ।
घ) अघिल्लो कार्यकालमा हामीले निर्माण शुरु गरेका गुरासे– तल्लोडुङेश्वोर,÷ कोप्ची –कट्टी– रुम देउली÷ माथिल्लो डुङेश्वर –पराजुल चौखेडा हनेटा÷ डुङेश्वर – धरमपोखरा ÷ सान्तडा – तुर्सु पोखरा पातिहाल्ना र सान्तडा मेहेल्तोली पातिहाल्ना सडक निर्माण र स्तरउन्नति गर्ने कार्यलाई निरंतरता दिने ।
ङ) पालिका केन्द्र र वडाकेन्द्र सम्मका सडक निर्माण कार्य अगाडि बढाउने ।
च) तल्लोडुङेश्वर लोहोरे लेफ्टिङ खानेपानी गुराँस( १÷४) लाई प्रदेश गरौवको आयोजना मार्फत अगाडि बढाउने र डुङेश्वर अवलपराजुल ,डाडापराजुल, ओइरी क्षेत्रको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि बृहत खानेपानी आयोजना संचालन गर्ने ।
छ) गुराँस – पर्यटन क्षेत्रको विस्तार कृषिमा आधारित पर्यटन तरकारी पकेट क्षेत्र÷ डुङेश्वर फलपुल क्षेत्र र भगवतीमाईलाई पशुपालन क्षेत्रका कार्यक्रमलाई योजनाबद्व रूपमा निरन्तरता दिइनेछ ।
ज) कृषि, पर्यटन , पशुपालन र लगु उधोगको क्षेत्रमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने नीति कार्यक्रम र बजेट निर्माण गरिनेछ ।
झ) प्राभवकारी कानुन निर्माण, शुसासन र भ्रष्टाचार विरुद्धको प्रतिबद्धता र अभियानलाई शसक्त बनाउने ।
ण) गुण्स्तरीय बिधालय शिक्षा, प्राथमिक स्वास्थ,आधारभुत उत्पादन, र बस्तु तथा सेवाको प्रभावकारीतामा जोड दिने ।
त) चुप्रा प्रादेशिक औधोगिक क्षेत्रको बृस्तित परियोजना प्रतिवेदन तयार पार्ने कार्य सम्पन्न भएको छ आगामी दिनमा कार्य प्राथमिकतापुर्बक अगाडि बढाइने छ ।

 


सम्बन्धित समाचार