Loading... आजः ३ पुष २०८१, बुधबार

पश्चिमका विकासे अजेण्डा कार्यान्वयन गर्न मेरो साझा उम्मेदवारी होः बडुवाल

सम्पादकीय नोटः उनीसँग गरिएको कुराकानीमा आधारित रहेर यो सामाग्री तयार गरिएको हो । हामी सकेसम्म धेरै भन्दा धेरै उम्मेदवारसँग यसरी कुराकानी गर्दै सामाग्री तयार गर्नेछौं ।

सुर्खेत ।
लामो समय एमालेको राजनीति गरेका पश्चिम सुर्खेतका मोहन बडुवाल नेकपा समाजवादीबाट सुर्खेतको निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’ बाट उम्मेदवार बनेका छन् ।

उनीसँग पहिलोप्रेसले उम्मेदवारी दिनुको कारणबारे अन्र्तरंग कुराकानी गरेको थियो । प्रस्तुत छ उनै बडुवालसँग गरिएको कुराकानीको सम्पादित अंशः

राजनीतिक सामाजिक आर्थिक हिसावले पछाडि परेको क्षेत्र हो ।

सानैमा बुवा गुमाउनु प¥यो, कान्छो छोरो, पढाईमा अब्बल !

कक्षाको लिडर समेत भइसकेका बडुवाल ७ कक्षामा अध्ययन गर्ने बेला देखि नै अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष समेत बनिसकेका थिए ।

कक्षा आठमा अध्ययन गर्न उनी कैलाली नव जागृत माध्यमिक विद्यालयमा भर्ना भएका थिए ।

२०५० कक्षा ८ मा अध्ययन गर्दा रेडक्रसको अध्यक्ष, अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, मावि प्रारम्भिक कमिटी अध्यक्ष हुुँदै १५ वर्षको उमेरमा कैलाली जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । उनले माध्यमिक तहसम्मको अध्ययन कैलालीबाट पुरा गरे । त्यसपछि उनी गाउँ फर्किए ।

२०५४ सालमा एमाले गाउँ कमिटीको सचिवको जिम्मेवारी उनले लिए ।

२०५७ सालमा इलाका कमिटीको सचिवको जिम्मेवारी लिएका बडुवाल २ पटक इलाका कमिटीको सचिव, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य हुँदै सातौ जिल्ला अधिवेशनबाट तत्कालिन नेकपा एमालेको सुर्खेत जिल्ला कमिटी सचिवको जिम्मेवारी पुरा गरे ।

तत्कालिन माओवादी र एमालेको एकता पछि २०७४ मा एमालेबाट प्रदेशसभामा सिफारिस भए ।

वामगठवन्धनमा सो क्षेत्र माओवादीको भागमा परेपछि पार्टीको निर्णय बमोजिम माओवादीका विन्दमान विष्टलाई सहयोग गरेका थिए । सफलता पनि प्राप्त भयो ।

तत्कालिन समयमा दुई पार्टीबीच एकतापछि सुर्खेतमा ४ सदस्यीय पार्टी सचिवालय कमिटी गठन भयो । सो कमिटीको सदस्यसमेत भएर काम गरेको छन् ।

‘पार्टीको आन्तिरिक जीवनमा दुखको कुरा हामीले नेकपा पार्टी बचाउन सकेनौ । ३ वर्षसम्म एक ठाउँमा बसेको पार्टी छुटिन पुग्यो । फेरी नेताहरुमा देखिएको दम्भ अहमताले अदालतले दुई पार्टी अलग हुने परामादेश जारी ग¥यो । त्यसबेला पार्टी जोगाउन पथ्र्यो तर त्यसो भएन ।’

उनी भन्छन्, ‘नेकपा अलग भएपछि पनि एमाले एक हुन सकेन । पार्टी अध्यक्ष केपी शर्मा ओली उहाँमा देखिएको दम्भ, उहाँमा देखिएको अहमता, विचारमा देखिएको विचलन, चरम अवसरवाद, कम्युनिष्ट विरोधी गतिविधी, देशी तथा विदेशी प्रतिक्रियावादीको चंगुलमा फसेर एमाले पार्टीलाई पनि सङ्लो राख्न सक्नु भएन । २०७८ साल फागुन २८ गते दुखदायी दिन बन्न पुग्यो । उहाँले निर्वाचित सबै कमिटीलार्ई विगठित गरेर आयोजक किमिटी गठन गर्नु भयो, नेताहरुलाई कारवाही गर्नु भयो, उहाँको एउटा मात्र मक्सत थियो, त्यो नेकपा पार्टीलाई पनि सङ्लो नराख्ने कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा केपी लाग्नु भो जसको परिणाम स्वरुप हामी अहिले यहाँसम्म आइपुगेका छौं ।’

२०७८ जेठ १५ गते हामीले सुर्खेतमा पार्टी पुनः गठन गर्नुपर्ने भयो । पुर्नगठित पार्टी अर्थात समानान्तर कमिटी नामाकरण गरियो म त्यसको अध्यक्ष भएँ ।

पार्टीको आन्तरिक विवाद चर्किदै गयो । हामी त्यो समानान्तर कमिटी गठन गर्दा पनि पार्टी एकताकै रुपमा बुझेका थियौं । अन्तत जेठ २ गते एमाले विभाजन भयो । पार्टी विभाजन भए पश्चात जेठ ९ गते नेकपा एकिकृत समाजवादी गठन भयो । त्यसको अहिले मैले अध्यक्षको जिम्मेवारीमा छुु । पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै अहिले प्रदेशसभा सदस्यको उम्मेदवार बनेको छु ।

उम्मेदवारी बारे उनी के भन्छन ?
नेपालमा संसदीय अभ्यास सुरु भएको २०४८ साल यता नेतहरुले पश्चिम क्षेत्रमा मुल नारा बनाएर जितेका मुद्दा हुन्, सडक र विजुली ।

३० वर्षको प्रतिनिधिसभा र ५ वर्षको प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेताहरुले पश्चिम विकासको मुल खाका कोर्न सके नत दिगो विकासको मार्ग नै तय गर्न सके ।

यथ्येष्ट भुगोल नबुझेका नेताका कारण सुगम भएता पनि अहिलेसम्म गतिलो सडकसम्म निर्माण गर्न सकेनन् । नागरिकका आर्थिक, सामाजिक, राजनीतिक मुद्दाहरु ओझेलमा परेके अवस्था छ ।

त्यसैले म जन्मेको पश्चिम, मैले बुझेको पश्चिम जहाँ परिवर्तनकारी मुद्दाको ओकालत गर्न, पश्चिमका जनताको आवाज प्रदेससभामा बुलन्द गर्दै दशकौं अघि उठान भएका तर पुरा नभएका योजनाहरु पुरा गर्न मेरो उम्मेदवारी हो ।

यसकारण म चुनाव जित्छु…
म सांगठनिक हिसावले नेकपा समाजवादीको पार्टी अध्यक्ष हो । तर, पश्चिमका जनताका लागि म साझा उम्मेदवार हुँ । विगतका अभ्यासहरु हेर्ने हो भने कांग्रेस, एमाले र माओवादीका साथीहरुले पश्चिमको मुहार फेर्न तय गरेका चुनावली प्रतिवद्धता कति पुरा भए भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

अहिले मेरा क्षेत्रका जनताले पार्टी भन्दा पनि जनताका एजेण्डा बोक्ने नेताको खोजि गरि रहेका छन् ।

विगतमा चुनावका बेला घर घर पुग्ने चुनावपछि अनुहारसमेत नदेखाउने नेताको विकल्प भनेको म हँु । मैले त्यस्ता ठुला नारा लिएको छैन, म पश्चिमको चौकुनेमा जन्मिएर पश्चिमको अभाव, नागरिकका समस्या बुझेको मान्छे हुँ ।

सदरमुकामसँग जोडिएको क्षेत्र भएपनि वषौंदेखि आधारभुत विकासका मापदण्डसमेत नपुगेको पश्चिमको दिर्घकालिन समस्या समाधान र उन्नतीका लागि पश्चिमका आम मतदाताले मलाई जिताउँने छन् भन्ने मेरो विश्वास छ ।


सम्बन्धित समाचार