Loading... आजः ३ पुष २०८१, बुधबार

विकासवादी पूर्व मुख्यमन्त्री शाहीको प्रतिबद्धतापत्रः एक वर्षमा सुनथराली विमानस्थल सुरु गर्छु


सुर्खेत ।
झण्डै चार वर्ष कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले यसपटक संघीयतर्फ कालिकोटबाट उम्मेदवारी दिएका छन् ।

मुख्यमन्त्री हुँदा विकासवादी नेताको छवि बनाएका उनले आफूले प्रतिनिधि सभामा चुनाव जितेको खण्डमा करिब एक दशक देखि अलपत्र परेको सुनथराली विमानस्थल सुचारु ग्र्ने पहिलो एजेण्डा बनाएका छन् ।

‘प्रदेश सरकारले चाहेर पनि उक्त विमानस्थललाई सुचारु ग्र्न सकिने अवस्था थिएन । बारम्बारका प्रयास विफल भएका थिए ।’ पहिलोप्रेससँग कुरागर्दै उनले भने, ‘त्यसकालागि संघमा नै जानुपर्ने देखिएका कारण मैले संघ रोजेको हो । संघमा गएपछि पर्याप्त बजेट ल्याई कर्णाली मात्रै होइन, समग्र कर्णालीको विकासमा योगदान दिनेछु ।’

कालिकोटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शाहीले निर्वाचित भएको पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका छन् । उक्त विमानस्थलमा यसअघि ०७३ सालमै परीक्षण उडान गरिसकिएको छ । तर अहिलेसम्म सञ्चालनमा आउन सकिरहेको छैन । पूर्व मुख्यमन्त्री शाहीले आफ्नो पहिलो प्रतिबद्धता विमानस्थल सञ्चालनमा ल्याउने छ भने दोस्रोमा गाउँ–गाउँसम्म सडक सञ्जाल पुर्याउने छ ।

यस्तै सबै बस्तीमा विद्युतीकरण गर्नेदेखि ठाउँ–ठाउँमा मोटरेबल पुल निर्माण गरिने उनले उल्लेख गरेका छन् । साथै उनले प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउन पहल गरिने समेत बताएका छन् । यस्तै विकट क्षेत्रमा फाइवर इन्टरनेट पुर्याउने, आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाउन पहल गर्ने र मान्म–कोटवाडा केबलकार निर्माण गरिने शाहीको प्रतिबद्धतामा उल्लेख छ ।

साथै घरघरमा रोजगारीको अवसर सिर्जना गरिने पनि उनले बताएका छन् । माओवादीका प्रभावशाली नेता शाही कालिकोटबाट गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेकपा एमालेका नागेन्द्र शाही ‘नेशनल’ सँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । यद्यपि उनको विरुद्धमा माओवादीकै काशिचन्द्र बराल पनि चुनावी मैदानमा छन् । बराल यसअघि रास्कोट नगरपालिकाको प्रमुख भएर पाँचवर्ष कार्यकाल चलाइसकेका व्यक्ति हुन् ।


सम्बन्धित समाचार