Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

दशौं खेलकुदका लागि कर्णालीलाई बजेट अभाव हुन दिन्नौंः अर्थमन्त्री शर्मा

कर्णालीमा खेल संरचना अभाव हुन नदिईने


सुर्खेत ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले दुइ वर्षपछि कर्णालीमा हुने दशौं खेलकुद प्रतियोगिताका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । आज विहान रुकुम पश्चिमको चौरजहारीमा ८५ करोड लागतमा बन्न लागेको रंगशालाको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन ।

‘तपाइहरु पूर्वाधार विकासका लागि बजेट अभाव हुन्छ कि, कतै हामी खेलकुद आयोजना गर्न सक्दैनौं कि भनेर कुनैपनि चिन्ता नलिनुहोस । कामलाई तीव्र रुपमा अघि बढाउनुहोस । बजेटको अभावमा कर्णालीमा खेल संरचना अभाव हुन दिईदैन ।’ उनले भने, ‘पोखराको भन्दा राम्रोसँग खेलकुद आयोजना गर्नेगरि आजै देखि अहिले देखि नै तयारी थाल्नुस ।’

कर्णाली खेलकुद विकास परिषदले आगामी मंसिर पहिलो हप्ता मुगुको रारामा दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गर्ने तयारी भएको परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । त्यसकालागि राखेपको बैठक समेत रारामा बस्ने तयारी भइरहेको उनको भनाई थियो ।

‘केन्द्रीय सरकारले २०७४ सालमै एक प्रदेश एक रंगशाला निर्माण गर्ने भनेर नीति ल्याएको थियो ।’ उनले भने, ‘तर हरेक वर्ष बजेट आउने तर फ्रिज हुने प्रचलन कायमै रह्यो । बजेट कार्यान्वयनका लागि अर्थमन्त्री शर्मा भएपछि सहज भएको हो । मैले उहाँलाई आज विहानै धन्यवाद समेत दिइसकेको छु ।’


सम्बन्धित समाचार