काँग्रेसको भविष्यका लागि सुर्खेतका ६ सिट नै जित्नुपर्छः नेता थानी
सुर्खेत ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम पूर्व मन्त्री तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुइका उम्मेदवार हृदयराम थानीले सुर्खेतका ६ ओटै सिट जिते मात्रै काँग्रेसको भविष्य सुनिश्चित हुने बताएका छन् । आज सुर्खेत काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले काँग्रेसको भागमा परेका चार सिट र माओवादीको भागमा परेका दुइ सिटमा काँग्रेसका मतदाताले त हाल्न कञ्जुस्याई गर्न नहुने बताएका हुन ।
‘विगतमा पनि वाम गठबन्धन भएको थियो । हामीले ६ ओटै सिट त्यहि कारण गुमाएका थियौं ।’ उनले भने, ‘तर अब त्यस्तो गर्न दिनु हुँदैन । अब सबै एकाकार भएर वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन पर्छ ।’
उनले विद्युतका लागि हाइटेन्सेन लाईन विस्तार, पश्चिम सुर्खेतको सडक निर्माण गर्न आफूहरु प्रतिबद्ध रहने बताए । ‘जंगलाघाट सम्म गएको बाटो तयार गर्नुछ । सुर्खेत पश्चिमको सडक पाँच वर्ष भित्र कालोपत्रे गर्नुछ । विभिन्न कामहरु ग्र्न बाँकी छन् ।’ उनले भने, ‘यी काम गर्न गठबन्धनको विजयी आवश्यक छ ।’
सुर्खेतको विकास गर्ने हो भने युवाको माग अनुसार काम गर्न यहि गठबन्धनले नै सक्ने दाबी समेत गरे ।
पहिलोप्रेस
८ कार्तिक २०७९, मंगलवार ०९:२६