हामी मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै संविधानको रक्षा गर्न चाहन्छौंः उपसभापति खड्का
सुर्खेत ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षको रुपमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन गर्न यो सरकार सफल भएको बताउँदै संघ र प्रदेशको निर्वाचनलाई पनि त्यसरी नै शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गठबन्धन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।
‘हामी यो संविधानको रक्षा गर्न चाहन्छौं । ७० वर्षको विभिन्न आन्दोलनको जगमा संविधानसभाबाट जारी भएको संविधानलाई जोगाउन चाहन्छौं । देशैका सबै अनुहारका नागरिकलाई यहि संविधानले नै प्रतिनिधत्वि गराएको छ । समानुपातिक निर्वाचन प्रणालीमार्फत सबैलाई समेटेको छ यो संविधानले । त्यो अधिकार र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई मत आवश्यक छ ।’ उनले भने, ‘हामी स्थिरता स्थापना गर्न चाहन्छौं । सरकारको स्थिरता, मुलुकमा स्थायी शान्तिको स्थापना पनि जोडिएको छ ।’
व्यक्तिवाद हावी हुँदा जहिले पनि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेल्दै आएको बताउँदै हाल सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार लोकतान्त्रिक वामगठबन्धनको सरकार चलाई रहेको बताए ।
‘यो राजनीतिक परिस्थित कुन कारण भयो ? यसको हिसाब सुर्खेती जनतालाई भन्नै पर्छ ।’ उनले भने, ‘२०७४ मा नेपाली जनताको अपार मत लिएर माओवादी र एमाले सरकारमा गएका थिए । लगभग दुइ तिहाईको सरकार बन्यो । ओली जिम्मा व्यक्ति केन्द्रीत, मुलुकको शक्तिलाई मुठ्ठीमा राख्ने सर्वसत्तावाद हावी हुन थाल्यो । जनताका मानवअकिारलाई संकुचन गर्ने खालका कानून बनाउन थाल्यो । त्यसलाई रोक्न काँग्रेसले प्रतिवाद गर्न सुरु गरेको थियो ।’
म नै राज्य हो । म नै संविधानभन्दा माथि हौं भन्ने ओलीको दम्भका विरुद्ध तत्कालिन नेकपा भित्रै विवाद भयो । प्रचण्ड, नेपाल र खनालसहितका नेताहरु ऋोलीको सर्वसत्तावादका विरुद्धमा आन्दोलन भयो । ओलीले दुइ पटक प्रतिनिधि सभा विघटन गरे । त्यसपछि लोकतन्त्र र संविधानमाथि विश्वास गर्ने सबै सांसदले सर्वोच्च अदालतमा हामी कानूनी उपचारमा लाग्यौं । त्यसपछि सर्वोच्च अदालतले प्रधानमन्त्री पदमा नियुक्त गर्ने परमादेशसहितको आदेश जारी भएपछि सत्ता गठबन्धन भएको हो, उनले भने ।
पहिलोप्रेस
८ कार्तिक २०७९, मंगलवार ०९:४५