दैलेख दुईको ‘ख’ मा शाही र शाहबीच प्रतिस्पर्धा, यस्तो छ दुई नेताको संक्षिप्त कार्यगत मूल्यांकन
सुर्खेत ।
निर्वाचनको मिति नजिकिएसँगै दैलेखको निर्वाचन क्षेत्र नम्बर दुइ प्रदेश सभा ‘ख’ को राजनीति तातिन थालेको छ । एमाले प्रदेश कमिटि अध्यक्ष विनोद कुमार शाह एमालेबाट र एमाले पृष्ठभूमिबाट नेकपा माओवादीमा प्रवेश गरेका युवा नेता योगेन्द्र शाही वाम लोकतान्त्रिक गठबन्धनबाट चुनावमा होमिएका छन् ।
दैलेख एमालेको गढ भनेर चिनिदै आएपनि यो प्रदेश सभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको मत २१ सय मत बढि छ । यो स्थानीय तहमा वडाअध्यक्षले पाएको मत हो ।
यहाँ हामीले यी दुइ नेताबीच लाग्दै आएका आरोपहरुका बारेमा उल्लेख गर्न खोजेका छौं ।
एमालेका उम्मेदवार विनोद कुमार शाह अस्थिर तर राजनीतिका चतुर खेलाडी हुन । उनका बारेमा जलस्रोत राज्यमन्त्री हुँदा एक सिंचाई कुलो समेत नबनेको मात्रै होइन उनि जहिल्यै पद, प्रतिष्ठा र सत्तालोलुपमा डुविरहेको आरोप लाग्ने गरेको छ । सत्ता प्राप्तीको खेलमा सहभागि हुने आधार देखेर नेमकिपा त्याग्दै एमाले प्रवेश गरेका शाह एमाले दैलेखमा बलियो अवस्थामा रहँदा रहँदै पनि तत्कालिन राजा ज्ञानेन्द्रको मन्त्री पद खान पुगेका थिए । ‘त्यसताका उहाँले राजाको शाशन कम्तिमा एक दशक चल्ने विश्वासका साथ एमाले त्यागेका थिए ।’ एमालेका एक नेताले भने, ‘तर उनको सपना पुरा भएन । जनताको आन्दोलनको बलमा राजा ज्ञानेन्द्रले पद त्याग्न पुगे । उनको पद गएसँगै शाहको पनि मन्त्री पद फुस्कियो ।’
उनीमाथि त्यति आरोप मात्रै होइन, उनले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा आफ्नी श्रीमतीलाई ठाँटीकाँधको अध्यक्ष बनाउन तीव्र गरेपनि अन्तमा वडा सदस्यमा उम्मेदवारी दिलाई समन्वय उपप्रमुख बनाएका थिए ।
नेकपा एमालेका शीर्षस्थ नेताहरुलाई प्रभावमा पारेर उनी प्रदेश अध्यक्ष मनोनित भएका नेता शाहले २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आफ्नै श्रीमतीलाई पालिका अध्यक्षको टिकट दिलाए तर ठाँटीकाँधका जनताले भारी मतान्तरका साथ उनकी श्रीमतीलाई हराई दिए ।
‘उनकै कारण एमालेले भैरवी गाउँपालिका गुमायो । आठबीसमा उम्मेदवार चयनमा उनले ठूलो हेरफेर गर्ने प्रयास गरे । काठमाडौं पठाए तर उनको सीप केहि नचल्दा आठबीस एमाले हार्नबाट जोगियो ।’ एमाले स्रोत दाबी गर्छ ।
तर, त्यसको विपरित गठबन्धनका उम्मेदवार योगेन्द्र शाही प्रति भने जनताको त्यति धेरै नकारात्मक धारणा भने छैन । यद्यपी एमालेबाट टिकट नपाएकै कारण माओवादीबाट चुनाव लडेको भन्ने आरोप भने उनीमाथि अहिले सामाजिक सञ्जालमा लाग्ने गरेको छ ।
हालसम्म जनताबाट प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रक्रियामा सहभागि समेत नभएका शाही कर्णाली योजना आयोगको सदस्य बनेका थिए । उनी सदस्य बन्दा दैलेखलाई विशेष ध्यान दिएर पञ्चवर्षीय योजना निर्माण भएको छ ।
‘दैलेखको पञ्चकोशी सर्किट देखि हरेक वस्तीमा विजुली पु¥याउने खाका उनै योगेन्द्रले तयार गरेका हुन । त्यसैको फलस्वरुप अहिले ठाँटीकाँधमा बत्ति बलेको छ । यद्यपी यो कार्यका लागि सभामुख राजबहादुर शाहीको पनि ठूलो योगदान रहेको छ ।
‘उनलार्ई एमालेले कहिल्यै माथि उठन दिएन । एमालेको दशौं महिाधिवेशनमा मलाई विभिन्न प्रलोभन दिएर केन्द्रीय सदस्य बन्न रोकियो । दैलेख एमालेका केहि नेताहरुको व्यक्तिवादी सोचका कारण इमान्दार नेता कार्यकर्ताले कहिल्यै अवसर नपाउने अवस्थाको सिर्जना भयो ।’ उनका भाई मोहन शाही भन्छन्, ‘जनताको सेव ागर्ने तीव्र इच्छाशक्तिका कारण उहाँ राजनीति र विकासलाई नयाँ शिराबाट लिन यो निर्णयमा पुग्नु भएको हो ।’
जहिल्यै सीमित गुट र उपगुट अनि सत्तामा बारम्बार हालीमुहाली गर्न पल्केकाहरुले युवालाई राज्य संयन्त्रमा पुगेको हेर्न नचाहने गरेको यो मात्रै उदाहरण नभएको शाही बताउँछन् ।
योगेन्द्र शाहीमाथि हालसम्म कुनैपनि आरोप भने लागेको छैन । उनलाई एक इमान्दार, निष्कलंक व्यक्तिको रुपमा लिन सकिन्छ ।
पहिलोप्रेस
९ कार्तिक २०७९, बुधबार १०:३१