Loading... आजः १ बैशाख २०८२, सोमबार

राप्रपा प्रदेश सस्दस्य शाहीसहित एक दर्जन माओवादी प्रवेश, पूर्व मुख्यमन्त्री शाही घरदैलोमा व्यस्त


सुर्खेत ।
कलिकोट जिल्लामा नेकपा माओवादीमा प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ । आगामी मंसिर चार गते सम्पन्न हुने संघ र प्रदेश निर्वाचनको मिति नजिकिएसँगै कालिकोटका गाउँ वस्ती निर्वाचनमय हुन थालेका छन् ।

यसैक्रममा नेकपा माओवादी केन्द्रमा राप्रपाका कर्णाली प्रदेश सदस्य कालीबहादुर शाही प्रवेश गरेका छन् । उनीसहित करिब ए दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा माओवादीका नेता पूर्व ुख्यमन्त्री हेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन ।

नेकपा एमाले खाँडाचक्र नपा एकका वडा सचिव भिराज विक, लालपुरा बिक, जनम विक, धन विक, गोविन्द विक, शेरबहादुर विक, धनसुर टमट्टा र जया विकले एमाले प्रवेश गरेका हुन ।

‘हामी जनताको लागि व्यवस्था परिवर्तन गर्ने, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्थ ागर्ने पार्टी नेकपा माओवादी नै हो ।’ पहिलोप्रेससँग कुरा गर्दै नवप्रवेशी शाहीले भने, ‘देशमा परिवर्तनको सम्वाहाक कोही छ भने त्यो माओवादी मात्रै हो । आगामी निर्वाचनमा नेकपा माओवादी सहभागि गठबन्धनलाई विजयी गराई जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्न आवश्यक छ । त्यहि आवश्यकताका आधारमा म माओवादी केन्द्रमा प्रवेश गरेको हो ।’

यसैबीच, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृहजिल्ला कालिकोटमा निर्वाचन प्रचारप्रसार अयिानलाई तीव्र पारेका छन् । ‘आगामी कात्तिक १७ गतेदेखि हामी आमसभामा केन्द्रीत हुँदैछौं ।’ उनले भने, ‘अहिले हामी घरदैलो अभियानमा छौं ।’


सम्बन्धित समाचार