Loading... आजः ४ पुष २०८१, बिहीबार

दैलेखमा घरदैलो अभियानमा तीव्रता, यसरी माग्दैछन योगेन्द्रले भोट !


सुर्खेत ।
निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारहरुले दैलेखमा निर्वाचन प्रचार प्रसारलाई तीव्रता बनाएका छन् । दैलेखको निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’ बाट वाम लाकतान्त्रिक गठबन्धनका उम्मेदवार योगेन्द्र शाही, नेपाली काँग्रेसका नेता प्रेमप्रकाश शाही, नगर सभापति अर्जुन शाही लगायतका टोलीले गाउँमा जनताको खेतबारीमै पुगेर मत माग्न थालेको हो ।


‘यस क्षेत्रका जनतामा एक खालको उत्साह आएको छ । अबको विकास र परिवर्तन युवाबाट मात्रै सम्भव छ भन्न्े निष्कर्षमा हाम्रो क्षेत्रका जनता पुगेको दखियो ।’

नेपाली काँग्रेस आठबीस नगरसभापति अर्जुन शाही भन्छन्, ‘उहाँप्रति जनताको आशा र भरोसा बढदै गएको छ । यो निर्वाचनमा हामी अत्याधिक मतका साथ विजेता बन्नेछौं ।’


उनका अनुसार गठबन्धनका उम्मेदवारहरुले पहिलो चरणमा सबै स्थानमा घरदैलो अभियान सम्पन्न गर्न लागेको हो । अब १७ गतेदेखि आमसभामा गठबन्धन केन्द्रीत हुने भएको छ ।


सम्बन्धित समाचार