सुर्खेत १ ‘ख’का उम्मेदवार कृष्ण, उनको यस्तो छ राजनीतिमा योगदान
सुर्खेत ।
नेकपा माओवादी केन्द्रबाट सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’ बाट गठबन्धनका साझा उम्मेदवारका रुपमा चुनावमा प्रतिस्पर्धा गरिरहेका कृष्ण जिसी जितेन्द्र चिङ्गाड गाउँपालिका वडा नं. ३ सुर्खेतमा जन्मिएका हुन । साविकको मटेला गाविस वडा नम्बर ८ काँडाघुवानीमा जन्मिएका जितेन्द्र चार भाई मध्ये कान्छो हुन ।
किसान परिवार भएकाले साँझ बिहान घरको काम गर्दै दिउसो स्कुल पढेका जितेन्द्र गाउँमै अध्ययन गरेका थिए । घरमा बत्तीको अभावमा दियालो बालेर पढ्ने गरेका जितेन्द्रले २०५३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन ।
क्याम्पस पढ्नका लािग बजारमा बस्न र पढ्न पैसाको अभाव का बीचमा २०५४ सालमा अंग्रेजी विषय लिएर शिक्षा क्याम्पस सुर्खेतमा उच्च शिक्षाको शुरुवात गरेका जितेन्द्र घरको आर्थिक अवस्था कमजोर हुँदा त्यसको व्यवस्थापनमा समेत सक्रिय हुने गरेका थिए ।
उनको राजनैतिक यात्रको शुरुवाती चरणमा मावी स्कूलमा जुनियर रेडक्रस सर्कलको गठन गर्दा देखी भएको हो ।
राजनैतिक संगठनमा आवद्धताको हिसाब हेर्दा २०५३ सालमा नेकपा एमाले निकट अनेरास्ववियू को इलाका कमिटी अध्यक्ष, २०५४ सालमा सक्रिय पार्टी सदस्यताको लागि पहल गरे पनि उमेर कम भएकोले नपाएको, २०५४ सालमा माओवादी विचार धारा संग नजिक भएका, र २०५५ सालमा माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध भएका थिए ।
क्याम्पस पढदै गर्दा माआृेवादी समर्थित विद्यार्थी संगठनमा आवद्धता भएकै कारण प्रशासनबाट धरपकड शुरु, अनावश्यक दुःख दिएको, क्याम्पसबाट नै गिरफ्तार गर्ने प्रयास, तथा परिक्षा दिने अवस्था समेत नभए पछि र जीवनको असुरक्षा राज्यबाटै भएपछि भूमिगत हुन बाध्य भएका जितेन्द्र भुमिगत हुदा अखिल क्रान्तिकारीको जिल्ला संयोजक समेत भएका थिए ।
भूमिगत कालमा उनी ०५६ माओवादीले गठन गरेको पहिलो सैन्य संरचना स्क्वायडको सह कमाण्डर बने ।
२०५८ सालमा माओवादी पार्टीको सुर्खेत जिल्ला कमिटीको सचिवालय सदस्य जिल्ला सैन्य हेडक्वाटरको ईन्चार्ज बने ।
२०५८ मा नै ५४ नम्बर प्लाटुनको कमिसार बने ।
२०५९ सालमा पार्टीको उपब्यूरो कमिटि सदस्य बनेका जितेन्द्र २०६० सालमा जनमुक्ति सेनाको बटालियन कमिसार बनेका थिए ।
पार्टीको सैन्य ब्यूरो सचिवालय सदस्य, २०६१ असोजमा जमुक्ति सेनाको विग्रेड कमाण्डर बनेका जितेन्द्रले २०६२ सालमा ललिता रेग्मी संग जनवादी विवाह गरेका थिए । रेग्मी दोश्रो संविधान सभा सदस्य समेत हुन ।
शान्ति कालपछि सुर्खेतको माओवादी पार्टीको जिल्ला नेतृत्वमा लामो समय सम्म रहदै हाल कर्णाली प्रदेश कमिटीको उपाध्यक्षको रुपमा रहेका जितेन्द्र यस अघिका चुनावहरुमा सहकर्मीलाई अघि बढाउदै अहिले सुर्खेत क्षेत्र नम्बर १ ख बाट सर्वसहमत रुपमा प्रदेशसभा सदस्यको लागि पार्टीबाट सिफारिस भएको छन् ।
पहिलोप्रेस
१७ कार्तिक २०७९, बिहीबार १०:२७