एमाले उम्मेदवार कंडेलले आज प्रतिबद्धता पत्र सार्वजनिक गर्ने
सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज, पूर्वमन्त्री एवम नेकपा एमालेका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुई ‘क’ बाट प्रदेश सभाका उम्मेदवार यामलाल कंडेलले आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन् ।
कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने तीव्र चाहना राखेका एमाले नेता कंडेलले वीरेन्द्रनगर नगरपालिकाका १४ ओटा वडामा आगामी पाँच वर्ष भित्र गर्ने विकास निर्माण देखि शैक्षिक,आर्थिक तथा अन्य सुधारका प्रतिबद्धता सार्वजनिक गर्ने भएका हुन ।
उनले आफ्नो प्रतिबद्धता पत्र आज विहान ११ बजे एमाले पार्टी कार्यालयमा सार्वजनिक गर्ने कार्यक्रम तय भएको एमाले सुर्खेतले जनाएको छ ।
पहिलोप्रेस
१८ कार्तिक २०७९, शुक्रबार ०७:०४