Loading... आजः ४ पुष २०८१, बिहीबार

धमाधम आचारसंहिता उल्लंघन गर्दै दैलेखका जनप्रतिनिधि, निर्वाचन आयोग चुपचाप !


सुर्खेत ।
दैलेख जिल्लाका जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिता विपरित दलका चुनाव प्रचारमा खटने गरेको पाइएको छ । दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा देखि भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाहीसम्मका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको पाइएपनि निर्वाचन आयोग भने ‘रमिते’ बनेको पाइएको हो ।

गत भदौमा संघ तथा प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगद्धारा जारी आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले कुनैपनि दलको चुनाव प्रचार तथा प्रसारमा सहभागि हुन नपाउने उल्लेख गरेको छ । तर निर्वाचन आयोगद्धारा निरन्तर अनुगमन तथा निर्देशन नहुँदा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो दलको उम्मेदवारको पक्षमा खुलेर मतदातासँग मत माग्दै हिडन थालेका हुन ।

दैलेखेको निर्वाचन क्षेत्र नम्बर एकमा नानपा प्रमुख शर्माले एमाले उम्मेदवार रविन्द्रराज शर्मासहितका लागि मत मागेको पाइएको हो भने भैरवी अध्यक्ष शाहीले गठबन्धनका उम्मेदवार दिक्पाल शाही लगायतका पक्षमा मत माग्ने गरेको पाइएको हो ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन गरेको भन्दै एक लाख रुपैंया सम्म जरिवाना गर्नसक्ने व्यवस्था आचारसंहितामा गरेको छ ।


सम्बन्धित समाचार