‘प्रचण्डमय’ बन्दै कर्णाली, आज पाँच स्थानमा आयोजित चुनावी सभा सम्वोधन गर्ने
सुर्खेत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज कर्णालीका विभिन्न जिल्लाका पाँच ओटा स्थानमा हुने वाम लोकतान्त्रिक गठबन्धनका चुनावी सभा सम्वोधन गर्न आउने भएका छन् ।
जुम्लाको शेरा खेत र सिंजामा आयोजना गरिएको चुनावी सभामा सम्वोधन गर्न उनी सुर्खेतबाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकप्टरमा जानेछन् ।
हुम्लाको सर्केगाडमा आयोजना गरिएको कार्यक्रममा समेत उनी जानेछन भने कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्न प्रचण्ड जाने कार्यक्रम तय भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताईन ।
‘दैलेखको ठाँटीकाँधमा हुने भनिएको कार्यक्रम स्थगित भएको छ ।’ उनले भनिन्, ‘कर्णालीका तीन जिल्लाका पाँच ओटा स्थानमा आयोजना गरिएको चुनावी सभामा अध्यक्ष कमरेड सम्वोधन गर्न सहभागि हुनुहुनेछ ।’
पहिलोप्रेस
२२ कार्तिक २०७९, मंगलवार ०६:०२