जुम्लाबाट प्रदेशसभामा एमालेका पछाई निर्वाचित
जुम्ला ।
जुम्ला प्रदेशसभा २ बाट नेकपा एमालेका टेकराज पछाई निर्वाचित भएका छन् ।
पछाईले नेकपा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी भएका हुन् । रोकाया कर्णाली प्रदेश सरकारका मन्त्रीसमेत हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८२७ मत ल्याएर निर्वाचित भएका हुन् ।
रोकायाले ६ हजार ७१५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता धनबहादुर बस्नेतले ४ हजार १६५ मत पाए ।
पहिलोप्रेस
७ मंसिर २०७९, बुधबार १६:२२