कर्णाली प्रदेश सभामा ठूलो काँग्रेश, दोश्रो दल माओवादी बन्ने पक्का !
सुर्खेत ।
कर्णाली प्रदेशमा प्रदेश सभाको निर्वाचनका समानुपातिक बाहेक अन्य सबै क्षेत्रको नतिजा आउँदा आगामी बन्ने सरकारको नेतृत्व कसले लेलान भन्ने चर्चा तथा परिचार्चा सुरु हुन थालेको छ ।
सत्तारुढ गठबन्धनले कर्णालीका २४ ओटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपनि पाँच क्षेत्र भने गुमायो । ती पाँच क्षेत्रमा एमाले विजयी हुँदा १० क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले ९ सिटमा जीत हात पा¥यो ।
काँग्रेसले १२ स्थानमा उम्मेदवारी दिएपनि नौ स्थानमा जीत निकाल्दा नेकपा एसले दुइ स्थानमा हार व्यहाुर्नेप¥यो ।
समानुपातिकतर्फको अन्तिम मत परिणाम नआएपनि समानुपातिकबाट १६ जना छानिने कर्णाली प्रदेशमा हालसम्म एमाले पहिलो दलको रुपमा देखिएको छ । काँग्रेस दोश्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र भने अहिलेसम्म तेश्रो स्थानमा रहेको छ ।
हालसम्मको समानुपातिक मत परिणामा अनुसार एमालेले एक लाख ८३ हजार ९५० मत ल्याएर पहिलो बन्दा उसले पाँच सिट पाउने देखिएको छ ।
काँग्रेसले एक लाख ७० हजार ७५६ मत ल्याएको छ भने उसले पनि पाँच सिट पाउने देखिएको हो ।
यस्तै, नेकपा माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९ मत पाउँदा चार सिट पाउने देखिएको हो भने नेकपा एस र राप्रपाले एक एक सिट पाउने करिब निश्चित भएको हो ।
यो हिसाब हेर्दा ४० सदस्यीय कर्णाली प्रदेशमा काँग्रेस १४ सिट सहित ठूलो दल हुनेछ भने माआवादी १३ सिट सहित दोश्रो तथा एमाले १० सिटसहित तेश्रो हुने देखिएको छ । नेकपा एस र राप्रपा एक एक सिट पाउने भएकाले सरकार निर्माणमा कुनै दुइ ठूला दल मिल्नैपर्ने परिस्थिति सिर्जना भएको हो ।
कर्णालीमा सरकार गठनका लागि कुल सदस्य संख्याको बहुमत अर्थात २१ सिट आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग सरकार निर्माणका लागि २८ सिट हुने भएका कारण कुनै समस्या हुने देखिदैन तर माओवादी र काँग्रेसबीच मुख्यमन्त्रीका बारेमा विवाद भएको खण्डमा सदनमा तेश्रो शक्तिको रुपमा उदाएको एमालेले मौकाको फाईदा उठाउने सम्भावना बढने छ ।
तर, सदनको आकार प्रस्ट नभईसकेका कारण अहिले सरकार गठनबा विषयमा खासै कुराकानी नभएको एमाले प्रदेश इन्चार्ज यामलाल कंडेल बताउँछन् । ‘पहिलो सदनको आकार हेरौं । कर्णाली बनाउने सवालमा एमाले चुप लाग्दैन । गठबन्धन दलले कस्तो योजना बनाउँछन्, सोही अनुसार एमालेले धारणा तय गर्छ ।’ उनले भने, ‘गठबन्धन बनाउने वा मुख्यमन्त्रीमा कसैलाई सर्मथन गर्ने भन्ने कुरा हामी उपयुक्त समयमा निक्र्यौल गर्छौं ।’
यता, माओवादी प्रदेश अध्यक्ष विमला केसी भने सत्तारुढ गठबन्धनकै तर्फबाट सरकार निर्माण हुने बताउँछिन् । ‘चुनावमा सहयात्री दलकै अगुवाईमा सरकार बनाईन्छ । यसमा तलमाथि हुँदैन ।’ उनले भनिन्, ‘कर्णालीको विकास र समृद्धिका लागि गठबन्धनमा आवद्ध दलहरुलाई कर्णालीका जनताले अभिमत दिएका छन् । त्यसलाई कार्यान्वयन गरेर हामी लैजान्छौं ।’
मुख्यमन्त्रीमा कसको दाबी ?
सदनको संख्या निक्र्योल हुने अन्तिम तयारी भइरहँदा दलका नेताहरुले आफू मुख्यमन्त्री बन्ने भन्दै लविङ्ग गर्न थालिसकेका छन् । मुख्यमन्त्रीका लागि माओवादीबाट विन्दमान विष्ट र राजकुमार शर्माको नाम चलिरहँदा एमालेबाट यामलाल कंडेल बाहेक विनोद कुमार शाहको नाम पनि चर्चामा छ ।
काँग्रेसबाट भने अहिलेका मुख्यमन्त्री जीवनबहादुर शाहीको मात्रै चर्चा छ ।
सरकार गठनका दुई विकल्प
कर्णालीमा सरकार गठनका लागि दुइ ओटा मात्रै विकल्प देखिएको छ । यहाँ काँग्रेस–माओवादी, माओवादी–एमाले र काँग्रेस–एमालेबीचको नयाँ समिकरण मात्रै विकल्प हुन ।
यहाँ गठबन्धनमा गडवडी हुने वित्तिकै काँग्रेस–एमालेबीच सत्ता सहकार्य हुने सम्भावना छ तर यी दुवै दल मुख्य प्रतिस्पर्धी भएका कारण हाललाई यो सम्भावना कम देखिएको छ । यद्यपी राजनीति सम्भावनाको खेल भएका कारण यी दुइ दलबीच गठबन्धन नबन्ला भनेर भन्न सकिने अवस्था छैन । २०७४ सालको चुनावपछि मुख्यमन्त्री बनाउने सवालमा जीवनबहादुर शाही र यामलाल कंडेलबीच बारम्बार सहमति गर्ने प्रयास भएको तत्थ्य कर्णालीमा रहेका कारण पनि अहिले यस्तै हुन्छ भन्न सकिदैन ।
यस्तै, दोश्रो विकल्प एमाले–माओवादीको सरकार बनाउने सम्भावना पछि छ तर गठबन्धन दलबीच गठबन्धनलाई लामो समय लैजाने भनेर प्रतिबद्धता आइरहेका कारण अहिले यो विकल्प बारेमा कुनै छलफल हुन सकेको छैन । केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड र केपि ओलीका बीचमा निरन्तर सम्वाद चलिरहेका कारण यो विकल्प पनि कर्णालीमा जीवित नै छ ।
पहिलोप्रेस
१२ मंसिर २०७९, सोमबार १६:३२