मतदातालाई धन्यवाद दिन पूर्व मुख्यमन्त्री शाही गाउँमा, कालिकोटको विकासप्रति प्रतिबद्ध रहने
सुर्खेत ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिले कालिकोटका गाउँ बस्तीमा मतदातालाई धन्यवाद दिन पुगेका छन् ।
कालिकोटबाट प्रतिनिधि सभामा विजय हासिल गरेका मुख्यमन्त्री शाही कालिकोटका जनताको जीवनस्तर उकास्ने खालका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउन गाउँ पसेका हुन ।
‘चुनावताका गरेका विकासे प्रतिबद्धता पुरा गर्ने प्रतिबद्धता जनाउन र मतदातालाई धन्यवाद दिन म गाउँ आएको हो ।’ पहिलोप्रेससँग उनले भने, ‘कालिकोटका सडकहरु, अन्य विकासका संरचनाहरुलाई पुरा गर्ने जिम्मा जनताले दिएका छन् । त्यो पुरा गर्ने प्रतिबद्धतासहित म गाउँ गएको हो ।’
पहिलोप्रेस
१७ मंसिर २०७९, शनिबार ०८:११