Loading... आजः ५ पुष २०८१, शुक्रबार

कर्णालीबाट समानुपातिकका तर्फका सम्भावित प्रदेश सांसद को को हुन ?

राप्रपा र नेकपा एसले समानुपातिकमा महिला पठाउनुपर्ने
राप्रपाबाट सांसद बन्न लागेकी सन्तोषि र नेकपा एसबाट सांसद बन्न लागेकी कल्याणी ।

सुर्खेत ।
कर्णाली प्रदेश सभामा समानुपातिक तर्फबाट राप्रपा र नेकपा एकीकृत समाजवादीले खस आर्य महिला पठाउनु पर्ने भएको छ ।

खस आर्य महिला पठाउनु पर्ने भएपछि बन्द सूचिको एक नम्बरमा रहेका राप्रपाका सन्तोषि शाहीको नाम निश्चित भएको छ भने नेकपा एसका खस आर्यबाट पहिलो नम्बरमा रहेकी कल्याणी खड्का पनि सांसद बन्ने निश्चित भएको हो ।

कर्णालीमा प्रदेश सभा ४० सदस्यीय छ । यहाँ महिलाको ३३ प्रतिशत कोटा पु¥याउन कम्तिमा पनि १४ जना महिला दलहरुले छान्नुपर्ने हुन्छ ।

त्यसका लागि नेपाली काँग्रेसले पाएको पाँच सिटमा पाँचै जना महिला छानिनेछन् । नेकपा माओवादीले पाएको चार ओटै सिटमा महिला पठाउनुपर्नेछ भने नेकपा एमालेले पाएको पाँच सिटमा तीन जना महिला पठाउनु पर्ने भएको छ ।
यसरी हेर्दा तीन ठूला दलहरुबाट १२ जना महिला सांसदहरु समानेपातिक लिस्टबाट छानिने पक्का भएको हो ।
काँग्रेसको जम्मा सिट संख्या १४ भएकोमा काँग्रेसले १४ को ३३ प्रतिशतका दरमा सांसद पठाउँदा चार दशमलव ६२ प्रतिशत हुन्छ । यो भनेको पाँचै जना पठाउनुपर्ने प्रतिशत हो ।

काँग्रेसबाट छनौट हुने सांसदमा जानकी सिंह, विजया बोहोरा, इन्द्रा शाही, बढिमाया बुढा र लक्ष्मी सुनार छन् ।
नेकपा माओवादीबाट मिलन खड्का, उर्मिला विश्वकर्मा, जुंन्कित लामा यशोदा न्यौपाने सांसद बन्ने पक्का भएको हो ।
नेकपा एमालेको जम्मा दश सिट हुँदा त्यसको ३३ प्रतिशत भनेको ३.३३ प्रतिशत हो । यहाँ एमालेले तीन जना पठाउने छ ।
माओवादीको कुल सांसद संख्या १३ जना छन् । त्यसको ३३ प्रतिशत भनेको ४.२९ प्रतिशत हुने हुँदा उसले चारै जना महिला पठाउनु पर्नेछ ।

यो सँगै एमालेबाट दुइ पुरुष मध्ये खस आर्यबाट सुर्खेतका बालाराम शर्माको नाम पर्ने निश्चित भएको छ ।

एमालेले आयोगमा पेश गरेको बन्द सूचीमा खस आर्यतर्फ महिलामा एक नम्बरमा सल्यानकि पुष्पा कुमारी बोहोराको नाम समेटिएको छ । यस्तै क्रमशः रुकुमका तुलसा मल्ल, सुर्खेतका कोकिला सिंह विसी, दैलेखका लक्ष्मी कार्की र कालिकोटका यशोदा कुमारी बरालको नाम उक्त सुचिमा उल्लेख छ ।

खसआर्य पुरुषतर्फ सुर्खेतका बालाराम शर्माको नाम पहिलो नम्बरमा छ । त्यस्तै दोश्रो नम्बरमा जुम्लाका शान्तिलाल महतको नाम छ भने तेश्रोमा हुम्लाका कलबहादुर हमालको नाम उल्लेख छ ।

चौथोमा कालिकोटका धीरबहादुर बमको नाम उल्लेख हुँदा पाँचौ नम्बरमा डोल्पाका तुलाचन्द बुढाको नाम बन्द सूचिमा रहेको हो ।

आदीवासी जनजातीतर्फ पुरुषमा दैलेखका कृष्ण कुमार थापा मगरको नाम छ भने महिलातर्फ सुर्खेतका नन्दा गुरुङको नाम उल्लेख छ । दलित महिलातर्फ दैलेखका गोमता विकको नाम पहिलो नम्बरमा उल्लेख हुँदा दोश्रो नम्बरमा सल्यानकी राधा सुनारको नाम उल्लेख छ ।

दलित पुरुषतर्फ जाजरकोटका नविन्द्र नेपालीको पहिलो नम्बरमा तथा मुगुका हिरा टमटाको नाम दोश्रो नम्बरमा छ ।


सम्बन्धित समाचार