Loading... आजः १ कार्तिक २०८२, शनिबार

प्रतिनिधि सभामा कर्णाली एमाले ‘निल’ हुनबाट जोगियो, दश जिल्लाको सांसद बन्दै ‘भाग्यमानी’ सुर्यकुमारी

सात जना मात्रै परेका थिए कर्णालीबाट बन्द सूचिमा

सुर्खेत ।
नेकपा एमाले कर्णालीबाट संघीय संसद प्रतिनिधि सभामा ‘निल’ हुने अवस्थाबाट जोगिएको छ । नेकपा एमालेले कर्णाली प्रदेशका १२ ओटै प्रतिनिधि सभामा उम्मेदवार उठाएपनि कर्णालीबाट शुन्य भएको थियो ।

समानुपातिकतर्फबाट कर्णालीका अधिकांश सांसद छानिने अनुमान गरिएपनि कर्णालीबाट दैलेखकी सुर्यकुमारी श्रेष्ठ मात्रै पर्ने सम्भावना देखिएको छ ।

यो हुनु भनेको एमाले कर्णालीबाट प्रतिनिधि सभामा श्रेष्ठले प्रतिनिधित्व गर्नु हो ।

एमाले स्थायी कमिटि सदस्य गोरख वोगटी पिछडिएको क्षेत्र अन्र्तगत १४ औं नम्बरमा रहेका छन् । उनको सभावना करिब समाप्त भएको छ ।

खस आर्यतर्फबाट एमाले केन्द्रीय सल्लाहकार सदस्य गेहेन्द्रप्रसाद दाहाल ९ औं स्थानमा छन् । उनको पनि सम्भावना सकिएको छ ।

एमालेले समानुपातिकतर्फ पाएको कुल ३४ सदस्यमा १९ जना महिला छानेर पठाउनुपर्ने भएका कारण सुर्यकुमारी बाहेक अरु प्रतिनिधि सभामा छनौटमा नपर्ने देखिएको हो ।

यस्तै, जाजरकोटकी तारा कुमारी शाक्य आदिवासी जनजातीतर्फको बन्द सूचिको १६ औं नम्बरमा छिन् । उनको पनि संसद बन्ने बाटो समाप्त भएको छ ।

कालिकोटका प्रेमबहादुर सिंह खस आर्य तथा पिछडिएको क्षेत्रको १५ औं नम्बरमा थिए ।

जुम्लाका मेनका पछाई पिछडिएको महिलातर्फ १२ औं क्रममा रहेपनि उनको पनि सम्भावना न्यून देखिएको छ ।

दलिततर्फको तेश्रो नम्बरमा रहेका रुकुमका चन्द्रबहादुर विश्वकर्माको पनि सम्भावना सकिएको छ ।


सम्बन्धित समाचार