Loading... आजः २ कार्तिक २०८२, आईतवार

एमालेबाट कर्णाली प्रदेश सभामा पुरुषबाट बालाराम आउने सम्भावना कम

एमालेले चार जना महिला पठाउनुपर्ने

सुर्खेत ।
नेकपा एमालेले कर्णाली प्रदेश सभामा समानुपातिकतर्फबाट पुरुषमा कसलाई सांसद छान्ने भन्नेमा अन्यौलता देखिएको छ ।
एमालेलाई निर्वाचन आयोगले चार जना महिला र एक जना पुरुषको नाम सिफारिस गरेर पठाउन भनेर पत्र पठाएपछि कर्णालीमा एक जना पुरुष को छान्ने भन्नेमा कौतुहलता बढेको हो ।

नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको बन्दसूचिमा खस आर्यबाट एक नम्बरमा सुर्खेतबाट बालाराम शर्मा छन् ।
यस्तै, जनजाती कोटामा कृष्णबहादुर थापा छन् । उनि पिछडिएको क्षेत्र भनेर पनि सिफारिसमा परेका कारण उनी नै छानिने सम्भवना देखिएको छ ।

एमालेबाट यदि कृष्णबहादुर सिफारिस भए भने सुर्खेतबाट नन्दा गुरुङ्ग र बालाराम शर्मा सांसद बनाउने च्याप्टर क्लोज हुनेछ ।

हेर्नुहोस निर्वाचन आयोगले दिएको निर्देशन ।

यदि बालाराम शर्मालाई सांसद बनाएमा एमालेले पिछडिएको कोटा पुर्ति गर्न नसक्ने र आयोगले सुचि सच्याएर ल्याउन निर्देशन दिने सम्भावना हुन्छ ।

यस्तो अवस्थामा एमालेले दलित तथा पिछडिएको क्षेत्रबाट गमता विकलाई ल्याउनुपर्नेछ भने जनजाती तथा पिछडिएको क्षेत्रबाट थापालाई ल्याउनु पर्नेछ ।

निर्वाचन आयोगलाई एालेले बुझाएको बन्दसूचि ।

त्यस्तो हुँदा एमालेले पाएको पाँच सिटमा सुर्खेतका कोकिला कुमारी विसीको भाग्य चम्किनेछ ।
एमालेको बन्द सुचिमा खस आर्य महिलातर्फ उनी तेस्रो नम्बरमा छिन् । कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल पहिलो र दोश्रो नम्बरमा छिन् ।


सम्बन्धित समाचार