एमालेमा हमाल ‘इन’ हुँदा शर्मा आउट, यी हुन प्रदेश समानुपातिक सांसद
सुर्खेत ।
नेकपा एमालेको आज बसेको वैठकले कर्णाली प्रदेशबाट समानुपातिकतर्फ पाँच जना सांसदको टुंगो लगाएको छ ।
नेकपा एमालेको आजको वैठकले निर्वाचन आयोगलाई बुझाएको सूचि अनुसार हुम्लाका कलबहादुर हमाल इन हुँदा सुर्खेतका बालाराम शर्मा आउट भएका छन् ।
यस्तै, जनजातीबाट सुर्खेतकी नन्दा गुरुङ्ग छानिदा दलित महिलाबाट दैलेखकी गमता विक छानिएकी हुन । खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिएका हुन ।
एमालेले प्रत्यक्षतर्फका २४ सिट मध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिट सहित तेश्रो दल बनेको हो । १४ सिट सहित काँग्रेस पहिलो, १३ सिटसहित माओवादी दोश्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक एक सिट परेको छ ।
पहिलोप्रेस
२४ मंसिर २०७९, शनिबार १७:४०