माओवादीबाट प्रतिनिधि सभामा कर्णालीबाट दुई जना मात्रै समानुपातिक सांसद, जम्मा छ जनाले प्रतिनिधित्व गर्ने
सुर्खेत ।
नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश भरिबाट समानुपातिक र प्रत्यक्ष गरि प्रतिनिधि सभामा छ जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।
नेकपा माओवादीले आदिवासी जनजाती कोटाबाट जुम्लाकी छिरिङ ल्यामु लामा तामाङलाई छानेको छ ।
मुस्लिम समुदायबाट रुकुम पश्चिमकी कल्पना मियालाई छानेको छ ।
अब कर्णालीबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर, उपमहासचिव शक्ति बस्नेत, पार्टी पोलिटव्यूरो सदस्य एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, हुम्लाका कार्चेन लामा, कल्पना मियासहित तामाङले सहभागिता जनाउने छिन् । माओवादीले कर्णालीा सत्तारुढ दलको गठबन्धनमा १२ सिट मध्ये कपाँच स्थानमा उम्मेदवारी दिएपनि जुम्लामा भने पराजित हुन पुगेको थियो ।
को को थिए बन्द सूचिमा ?
१) जुम्ला— छिरिङ ल्यामु लामा तामाङ (आदिवासी जनजाती)
२) रुकुम पश्चिम— लक्ष्मी पुन (आदिवासी जनजाती)
३) रुकुम पश्चिम—प्रेम कुमारी सुनार केसी (दलित)
४) सुर्खेत — हरिमाया शर्मा (गौतम) (खस आर्य)
५) दैलेख— थिरबहादुर कार्की (खस आर्य)
६) सल्यान—रत्नबहादुर ओली (खस आर्य)
७) सल्यान— टिका बुढाथोकी (खस आर्य)
८) जाजरकोट— रामदिप आचार्य (खस आर्य)
९) जाजरकोट–पार्वती विक (दलित)
१०) जाजरकोट— पार्वती थापा क्षेत्री (खस आर्य)
११) कालिकोट—विष्णु विक (दलित)
पहिलोप्रेस
२४ मंसिर २०७९, शनिबार १७:४३