Loading... आजः ४ पुष २०८१, बिहीबार

मुख्यमन्त्री जीवन शाहीले आज दलको नेता बन्न उम्मेदवारी दिने, नेताहरु आन्तरिक परामर्शमा


सुर्खेत ।
कर्णाली प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले शनिबार दलको नेता चयन गर्ने भएको छ । खासगरी जाजरकोटका राजीव विक्रम शाह र हुम्लाका जीवनबहादुर शाही प्रतिस्पर्धामा होमिने भएका हुन । सकेसम्म सहमतिको प्रयास गर्ने भनिएपनि कर्णाली काँग्रेस मतदानमै जाने निश्चित भएको हो । यद्यपी अहिले दुवै नेताहरुबीच सहमतिको प्रयास भने जारी छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक
कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार बन्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दलको नेताका लागि निर्वाचन हुने भएको हो । उम्मेदवारका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ।

निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायका अनुसार शनिबार विहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका बनाएको छ ।

कार्यतालिका अनुसार पुस ८ गते (शुक्रबार) बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने सोही दिन दिउसो १२ बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

शुक्रबार दिउसो ३ः३० बजे उम्मेदवारका लागि दरखास्त गर्ने कार्यतालिका रहेको छ भने उम्मेदवारको नाम फिर्ता लिने समय बेलुका साढे पाँच बजे तोकिएको छ ।

शुक्रबार बेलुकी ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने शनिबार मतदान र मतगणना गरिने छ ।
शाही–शाह दुबै कांग्रेसभित्र संस्थापन पक्ष अर्थात देउवा निकट नेताहरुमा पर्दछन् ।

काँग्रेस संसदीय दलमा १४ जना सांसद रहेका छन् । ती मध्ये झण्डै दुइ तिहाई सांसदहरु मुख्यमन्त्री जीवन शाहीको पक्षमा खुलेका छन् । अर्थात यो संख्या भनेको कम्तिमा दश जना हो ।

‘उहाँले आज उम्मेदवारी दर्ता गर्नुहुन्छ ।’ मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले भने, ‘अहिले सांसदहरु आन्तरिक बसाईमा हुनुहुन्छ ।’ उनले हालसम्म अरु को सांसदले उम्मेदवारी दिन्छन भन्ने प्रस्ट नभएको दाबी समेत गरे ।


सम्बन्धित समाचार