Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा माओवादी भित्र दलको नेता वा सभामुखमा यसरी हुँदैछ सहमति


सुर्खेत ।
नेकपामाओवादी केन्द्र संसदीय दलको नेता र सभामुखमा माथिल्लो कर्णाी र तल्लो कर्णालीबीच भागवण्डा हुने निश्चित भएको छ । दलको नेताका लागि माओवादीका पोलिटव्यूरो सदस्य राजकुमार शर्मा, विन्दमान विष्ट, केन्द्रीय सदस्य दुर्ग रावत र मंगलशाहीले इच्छा देखाएका छन् ।

माओवादी स्रोतका अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादीले पाउने सम्भावना कम देखिएको छ । यदि मुख्यमन्त्री नपाउने अवस्था आएको खण्डमा कर्णालीका पाँच जिल्लाबाट सभामुख छान्ने तथा तल्लो कर्णालीबाट संसदीय दलको नेता छानिनेछन् ।

‘माथिल्लो कर्णालीले सभामुख पाएको खण्डमा तल्लो कर्णालीले दलको नेता पाउने छन् ।’ माओवादी स्रोत भन्छ, ‘त्यस्तो गर्दा भौगोलिक सन्तुलन पनि मिल्ने र अवसरको भागवण्डा पनि बराबर हुने देखिन्छ ।’
त्यस्तो भएको खण्डमा दलको नेता शर्मा वा विन्दमान बन्नेछन् भने सभामुखमा मंगल वा दुर्ग रावत बन्नेछन् ।


सम्बन्धित समाचार