Loading... आजः ४ पुष २०८१, बिहीबार

राष्ट्र भाषाभन्दा राष्ट्रिय भाषा माथि छ भन्ने कुराको सांसदले ख्याल गर्नुपर्छः ओली


सुर्खेत ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम निवर्तमान सामाजिक विकास समितिका सभापति देवि ओलीले सांसदहरुले आफ्नो भाषामा सपथ ग्रहण गरेको विषयमा कुरा उठाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राष्ट्र भाषाभन्दा राष्ट्रिय भाषा माथि छ भन्ने कुराको सांसदले ख्याल गर्नुपर्ने दाबी गरेकी छिन् ।

उनले लेखेकी छिनः

“नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक विशेष्तायुक्त राष्ट्र हो । यसबारे सबैलाई थाहा भएकै कुरा हो र यसमा बिमति पनि छैन तर यी सबै बिविधताको समुच्च÷सर्वाेच्च रूप भनेको राष्ट्रियता नै हो ।

त्यस भित्रको राष्ट्रिय एकता नै हो । नेपालको संविधानले यस्ता संरक्षित क्षेत्र भाषा र सांस्कृतिक संरक्षण गर्न तीनै तहका ब्यबस्थपिका र कार्यपालिकाहरूको एकल र साझा अधिकारका सूचीको ब्यबस्था गरेको छ ।

यसको भरपुर उपयोग गरौं तर कुनै पनि राष्ट्रिय जिम्मेवारी लिने सन्दर्भमा राष्ट्रिय भाषा र राष्ट्रिय पोशाकको नै बढी महत्त्व हुन्छ । म आफ्नो मातृभाषा र पोशाकको पहिचाहन दिने सबै माननी ज्यूहरूको भावनालाई उच्च सम्मान गर्छु तर बिषय र प्रसंगमा आफ्नो बिचार राख्ने गरि संसद भित्र उपस्थित हुने थुप्रै दिनहरू हुन्छन सम्बन्धित बिषयमा रोष्टममा बोल्दा वा सभामा जाँदा कहिलेकाही आफ्नो पहिचहन दिनु ठिक हो तर साझा रूपमा आम नेपालीको प्रतिनिधित्व गर्दै शपथग्रहण र नेपालको नक्शा र राष्ट्रिय झण्डा अंकित लागो ग्रहण गर्ने विशेष समारोहमा राष्ट्रिय पोशाकमा नै उपस्थित हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
राष्ट्र बलियो भए भाषा भाषी बिबधतायुक्त सांस्कृतिहरू बलिया हुन्छन । म पनि क्षेत्रीको छोरी भए पनि मगर समाजमा हुर्केको हुनाले र यो पोशाक मेरो बाल्य र बयस्कससम्मको पोशा भएकोले पनि म पनि कहिलेकाही यो पोशाक पहिरिन्छु र अत्ति मन पनि पर्छ ! तर मन पर्छ, सजिलो हुन्छ भनेर राष्ट्रिय पोशाक राष्ट्रिय भाषालाई बेवास्ता गर्नुपनि त भएन !
आज चौबन्दी र दौरा सुरूवालको किन इज्जत छैन नेपालीको छोरो हुँ भन्छौ शीरमा टोपी छैन चौबन्दी र फरियाको किन इज्जत छैन … कान थापेर सुनिदेउ दाजु मादलु र डम्फु दुबैलाई माकुरीले जालो नै लाईसक्यो भन्ने याद आइरहन्छ मलाई त ।
यस्ता राष्ट्र प्रेमका गीतको खोजी गरौं अनि ब्यबहारमा कार्यन्वयन पनि गरौं सबै मानव बन्धुत्वलाई बलियो बनाई एकता कायम राखौं ।
कानून भन्दा संविधान माथि, नियमावली भन्दा कानून माथि, राष्ट्र भाषाभन्दा राष्ट्रिय भाषा माथि छ र न हाम्रो कामकाजको भाषा भएको छ !
यो यथार्थलाई स्वीकार गर्नैपर्छ र राष्ट्रिय फोरमहरूमा राष्ट्रिय पोशाकको महत्त्व हुन्छ नै यस्ता कुरा सबैलाई थाहा हुँदाहुँदै पनि कुनै कुनै बेला नजानिदो ढंगले सानो बिषयको उठान गर्न खोज्दा हाम्रो राष्ट्रियतामा स–साना छिद्रहरू पर्न सक्छन् ख्याल राखौं ।”


सम्बन्धित समाचार