कर्णालीमा वाम गठबन्धनको सरकार बन्ने, सबैभन्दा ठूलो दल काँग्रेस प्रतिपक्षमा
सुर्खेत ।
केन्द्रमा सत्तारुढ दलको गठबन्धन भत्किएसँगै कर्णाली प्रदेशमा सरकार एमाले माओवादीको हुने निश्चित भएको छ ।
सदनमा सबैभन्दा ठूलो दल रहेको काँग्रेससँग १४ सिट भएपनि काँग्रेस आगामी पाँच वर्ष सत्ता बाहिर रहने भएको हो ।
कर्णालीमा माओवादीका १३ सिट छन भने एमालेका १० सिट छन् ।
यस्तै गठबन्धनमा जोडिने अर्को दल राप्रपाको एक सिट रहेको छ । जम्मा ४० सदस्यीय रहेको कर्णालीप्रदेश सभामा बहुमत बनाउनका लागि २१ सिट चाहिन्छ ।
यी तिन दल मिल्दा २४ सिट पुगेसँगै कर्णालीमा वाम गठबन्धन सरकार बन्ने भएको हो ।
अब कर्णाली प्रदेश सभामा काँगेसका १४, नेकपा एसका एक र एक स्वतन्त्र प्रतिपक्षी बन्ने भएका छन् ।
पहिलोप्रेस
१० पुष २०७९, आईतवार १६:०९