कर्णालीका मुख्यमन्त्री एवम काँग्रेस संसदीय दलका नेता शाही भन्छनः गठबन्धनमा इमान्दारिता कसका कारण तोडियो छानविन हुनुपर्छ
सुर्खेत ।
कर्णाली प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका संसदीय दलका नेता एवम मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धन तोडिनु दुखद भएको प्रतिक्रिया दिएका छन् ।
उनले पहिलोप्रेससँग कुरा गर्दै आगामी दश वर्ष सम्म गठबन्धन एक भएर जाने भनेका नेताहरुले गठबन्धनमा इमान्दारिता कसका कारण तोडिएको हो छानविन गर्नुपर्ने बताए ।
‘गठबन्धन गरेपछि इमान्दारिता देखाउनैपर्छ । जस्तो कि कर्णाली प्रदेशको म मुख्यमन्त्री बन्दै गर्दा यहाँ इमान्दारिता देखिएको हो ।’ उनले भने, ‘यो निकै दुःखद हो । गठबन्धनमा कसैले कुनै आश्वासन दिएको भए त्यो पुर्ति गर्नेपथ्र्यो । धोका दिनु गलत हो । कसका कारण गठबन्धन तोडिएको हो यसको छानविन आवश्यक छ ।’
उनले राजनीतिमा इमान्दारिता हुनुपर्ने बताउँदै काँग्रेसबाट तोडिएको भए पनि वा माओवादीबाट तोडिएको भएपनि अनुसन्धान गरिनुपर्ने बताए ।
पहिलोप्रेस
१० पुष २०७९, आईतवार १७:३८