Loading... आजः ५ पुष २०८१, शुक्रबार

कर्णालीमा सांसदले मातृभाषामा सपथ नलिने निश्चित, आज सपथग्रहण

सुर्खेत ।
कर्णाली प्रदेश सभामा विजयी बनेर आएका सांसदहरुले आज सपथग्रहण गर्ने भएका छन् । यसकालागि प्रदेश सभा सचिवालयले सबै तयारी पुरा गरिसकेको जनाएको छ ।

‘हामीले सपथग्रहण कार्यक्रमको सबै तयारी पुरा गरिसकेका छौं ।’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले पहिलोप्रेससँग भने, ‘सबै कार्यकक्ष तयार पार्नुका साथै नयाँ सांसदलाई स्वागत गर्न हामी आतुर छौं ।’

अन्य प्रदेशमा सांसदहरुले आफ्नो मातृभाषामा सपथ लिने गरेको पाइएपनि यहाँ हालसम्म कुनैपनि सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका छैनन् । ‘हामीले यसअघि नै मातृभाषामा सपथ लिन चाहे व्यवस्था मिलाउन सकिने सांसदलाई सूचनामार्फत जानकारी दिइसकेका थियौं ।’ उनले भने, ‘हालसम्म कुनैपनि सांसदले मातृभाषामा सपथ लिने जानकारी हामीलाई दिनु भएको छैन ।’

उनका अनुसार आज  दिउँसो तीन बजे प्रदेश सभामा ज्येष्ठ सदस्य विनोद कुुमार शाहले ३९ जना सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार