एमाले संसदीय दल कर्णालीको आज वैठक बस्दै
सरकारमा सहभागि हुने बारे छलफल हुने
सुर्खेत ।
नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आज दिउसो एक बजे वैठक बस्ने भएको छ । मुख्यमन्त्री गुमाएको एमाले वैठकले सरकारमा सहभागि हुने बारे आजबाट छलफल सुरु गर्न लागेको हो ।
‘आज दिउसो एक बजे हामी वैठक बस्दैछौं ।’ एमाले प्रदश कमिटि उपसचिव एवम प्रदेश सभा सदस्य टेकराज पछाईले भने, ‘हामीले सभामुख तथा मन्त्री को बन्ने भन्ने विषयमा आजबाट छलफल सुरु गर्ने तयारी गरेका छौं ।’
उनका अनुसार पार्टी केन्द्रले दिएको निर्देशन बमोजिम नै गठबन्धनको सरकारमा सहभागि हुने बताए ।
‘बाहिर हल्ला भएजसरी काँग्रेससँग हाम्रो सत्ता सहकार्य हुँदैन । केन्द्रको निर्देशन बमोजिम नै हामी माओवादीसहितको सरकारमा सहभागि हुन्छौं ।’ उनी भन्छन्, ‘हाम्रो गुनासो पार्टीसँग मुख्यमन्त्री नदिएको मात्रै हो ।’
पहिलोप्रेस
२६ पुष २०७९, मंगलवार ०९:०२