Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीको सभामुख सुर्खेतले पाउने सम्भावना कति ?

सुर्खेत ।
कर्णाली प्रदेश सभाको सभामुख नेकपा एमाालेको भागमा परेपछि सभामुख को बन्लान भन्ने चर्चा सुरु भएको छ ।

दलका नेता यामलाल कंडेल मुख्यमन्त्री बन्न नसकेपछि धेरैले सभामुख बन्लान कि भन्ने आशंका गर्न थालेका छन् तर एमाले स्रोतका अनुसार उनि सहित पार्टी प्रदेश अध्यक्ष विनोद कुमार शाह, पार्टी उपसचिव टेकराज पछाई पनि सभामाुख नबन्ने करिब निश्चित भएको हो ।

‘तीनै जना नेताहरु सभामुख बन्ने लाईनमा छैनन् । उहाँहरु पार्टीको कार्यकारी भूमिकामा भएकाले सभामुख बन्न नचाहेका हुन ।’ एमाले स्रोतले भन्यो ।

उनीहरु तिनै जना सभामुख नबन्ने भएपछि सभामुख को बन्छ त भन्ने प्रश्न खडा भएको छ । उसो त एमाले संसदीय दलको आज दिउसो एक बजे वैठक बस्ने भएको छ । उक्त वैठकमा सभामुख कसलाई बनाउने भन्ने विषय पनि प्रवेश गर्ने भएको हो ।

‘सभामुखमा वाँकी सात जना मध्ये सुर्खेतकी नन्दा गुरुङको सम्भावना प्रवल देखिएको छ । सभामुखमा महिला पठाउँदा राम्रो सन्देश पनि जाने र सभामुख यसपटक सुर्खेतले पनि पाउने हुँदा उनको सभवना बढि बलियो देखिएको हो ।’ स्रोत भन्छ, ‘स्थायी कमिटि सदस्य कंडेलको नजिक भएका कारण पनि उनको समभावना बढि भएको हो ।’

यसअघि सभामुखमा दैलेखका राजबहादुर शाही नियुक्त भएका थिए भने उपसभामुखमा सुर्खेतका पुष्पा घर्ती नियुक्त भएकी थिईन ।


सम्बन्धित समाचार