Loading... आजः ४ पुष २०८१, बिहीबार

विश्वासको मत आज लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।

७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए।

केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो। आज विश्वासको मत लिँदा यो संख्यामा बढ्ने गरी सत्ता साझेदार दलहरूले पहल गरिरहेका छन्।


सम्बन्धित समाचार