Loading... आजः ४ पुष २०८१, बिहीबार

सत्तामा सहभागि हुने/नहुने निर्णय गर्ने अधिकार एमाले दलका नेता कंडेलको जिम्मा


सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको आज बसेको वैठकले सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा माओवादीसँग वार्ता, छलफल र सहभातिा बारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कंडेललाई दिएको छ ।

एमाले सांसद टेकराज पछाईका अनुसार झण्डै तीन घण्टा भन्दा लामो सयम चलेको उक्त वैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको हो ।

‘सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई दिने निर्णय भएको हो ।’ उनले भने, ‘वाँकी कुरा सहयात्री दलसँग बसेर टुंगो लाग्ला ।’


सम्बन्धित समाचार