Loading... आजः ४ पुष २०८१, बिहीबार

भोली मुख्यमन्त्रीका लागि शर्माले दाबी पेश गर्दै, आज एमाले र माओवादीबीच वार्ता हुँदै


सुर्खेत ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकुमार शर्माले प्रदेश प्रमुखसँग भोली बुधबार दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले तोकेको समयसिमा सकिन थालेपछि उनले भोली बुधबार दाबी पेश गर्न थालेका हुन ।

यस्तै, आज साँझ प्रमुख सत्तारुढ दल एमाले र माओवादीका शीर्षस्थ नेताहरुको वार्ता हुने भएको छ । नेकपा माओवादीका प्रदेश उपाध्यक्ष एवम सांसद कृष्ण जिसी जितेन्द्रका अनुसार एमालेको संसदीय दलको वैठकपछि दुइ दलका नेताहरु बस्ने भएका हुन ।

‘दुइ दलबीच भागवण्डाबारे आज साँझ छलफल हुन्छ । एमाले दलको वैठक कुरेर हामी बसेका छौं ।’ उनले भने, ‘त्यसपछि दुइ दलबीच सहमति भएपश्चात २९ गते नेकपा माओवादी संसदीय दलको वैठक बस्नेछ ।’ उनका अनुसार मुख्यमन्त्रीसँग अरु मन्त्रीलाई पनि सपथ खुवाउन सकिन्छ कि भन्ने बारेमा समेत छलफल भइरहेको बताए ।

 


सम्बन्धित समाचार