कर्णाली सभामुखमा काँग्रेसबाट पोखरेल र एमालेबाट गुरुङ भिडने पक्का
सुर्खेत ।
कर्णाली प्रदेश सभाको सभामुख पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट खड्ग बहादुर पोखरेल तथा एमालेबाट नन्दा गुरुङविच सभामुख पदा भिडने पक्का भएको हो ।
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एक ‘क’ बाट निर्वाचित, नेपाली काँग्रेस सुर्खेतका सभापति पोखरेलको प्रस्तावकमा दैलेख निर्वाचन क्षेत्र नम्बर एक ‘क’ बाट निर्वाचित पूर्ण बहादुर खत्री रहेका छन् भने सर्मथकमा कालिकोटकी सांसद विजया बुढा रहेकी छिन् ।
यस्तै, एमालेबाट सभामुख पदकी उम्मेदवार बनेकी गुरुङको मनोनयन दर्ता गर्ने तयारी भइरहेको नेकपा एमालेले जनाएको छ ।
कर्णाली प्रदेश सभामा जम्मा सांसद ४० रहेका छन् । यसमध्ये सत्तारुढ गठबन्धनसँग २५ सांसद रहेका छन् भने काँग्रेससँग १४ र एक स्वतन्त्र सांसद रहेका छन् ।
नेकपा माओवादीका १३, नेकपा एमालेका १०, राप्रपाका एक, नेकपा एसका एक गरि सत्तारुढ दलहरुको मतले सभामुखमा गुरुङ्ग विजयी हुने निश्चित छ ।
उनि विजयी बन्नु भनेको संघियताको ईतिहासमा पहिलो प्रादेशिक सभामुख बन्ने सौभाग्य प्राप्त गर्नेछिन् । यसअघि प्रतिनिधि सभामा ओनसरी घर्ती पहिलो सभामुख बनेर ईतिहास रचिसकेकी छिन् ।
पहिलोप्रेस
३० पुष २०७९, शनिबार १४:३३