कर्णाली एमाले भित्र मन्त्री र सभामुख छान्न ‘निरंकुश शासन’ लागु
सुर्खेत ।
भन्दा तपाईलाई पत्यार नलाग्ला, आफूलाई लोकतान्त्रिक दल भनेर पहिचान गराउने एमाले कर्णाली भित्र पछिलो समय निरंकुशता हावी हुँदै गएको छ । एमाले संसदीय दलमा दश जना छन् । दश जना मध्य मन्त्री छान्न होस या सभामुख छान्ने सवालमा होस, दलमा कुनैपनि छलफल हुन छाडेको छ ।
प्रदेश अध्यक्ष विनोद कुमार शाहलाई मन्त्री छान्दा प्रदेश इन्चार्ज यामलाल कंडेल र शाह मात्रै गोप्य बसेर टुंग्याए । अन्य मन्त्री छान्ने सवालमा हालसम्म अन्य सांसदलाई कुनैपनि सुईको सम्म दिन चाहँदैन्, यी दुई नेता ।
आज सभामुखको लागि मनोननयन गर्ने दिन हो तर हालसम्म संसदीय दलमा छलफल गर्न दुवै नेताले चाहेका छैनन् । मानौं दल भनेकै यी दुई नेताको इशारामा चल्छ । अरु सांसद भनेका मात्रै भोटर हुन ।
‘उहाँहरुले हामीलाई हालस्म्म त्यस्ता छलफलमा बोलाउनु भएको छैन । मन्त्री छान्दा पनि हामीलाई खबर भएन, सभामुख छान्दा हामीलाई के खबर हुँदो हो ।’ एमालेका एक सांसदले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘दल भनेकै इन्चार्ज र अध्यक्षको जस्तै भएको छ । कम्तिमा अरु सांसदका धारणा बुझ्ने, कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने कार्य गर्नुपथ्र्यो । बरु हामी मन्त्री वा सभामुख नबन्दा हौं । ताली पटकाइदिन्थ्यौं तर त्यसो हुन सकेको छैन । एक हिसाबले भन्दा यो निरंशकुश शैली नै भयो भन्दा हुन्छ ।’
ती सांसद मात्रै होइनन्, अरु सांसद पनि नेतृत्वबाट असन्तुष्ट छन् । ‘हामी खुशी हुनु र असन्तुष्ट हुनुले के फरक पार्छ र ?’ अर्का सांसदले पहिलोप्रेससँग भने, ‘उहाँहरुले जे चाहनुहुन्छ त्यहि हुन्छ । हामी त सांसद मात्रै हौं नि…।’
पहिलोप्रेस
३० पुष २०७९, शनिबार १०:४८