कर्णाली प्रदेश सभामुखमा काँग्रेसका पोखरेल पराजित
सुर्खेत ।
कर्णाली प्रदेश सभाको सभामुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका खड्गबहादुर पोखरेल पराजित भएका छन् । कर्णाली प्रदेश सभामा भएको मत विभाजनमा कुल ३८ जना सांसदले सहभागिता जनाएका थिए ।
उनको पक्षमा १४ सांसदले मतदान गरे भने उनको विपक्षमा २४ मत खसेको थियो । दुइ जना सांसद भने अनुपस्थित रहेका थिए ।
ज्येष्ठ सदस्यको रुपमा सभाध्यक्ष गरेका हिक्मत बहादुर विष्टले उनको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे ।
अब यसपछि एमालेबाट उम्मेदवार बनेकी नन्दा गुरुङको पक्ष विपक्षमा मतविभाजन प्रक्रियाद्धारा मतदान हुने भएको छ ।
पहिलोप्रेस
१ माघ २०७९, आईतवार १३:०९