माओवादीलाई ‘आपत’ परे विश्वासको मत दिन काँग्रेस तयार
मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले आज कर्णाली प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एसको सर्मथनमा नियुक्त भएका मुख्यमन्त्री शर्माको पक्षमा कम्तिमा पनि २४ मत साथमा रहेको देखिएको छ ।
कर्णाली प्रदेश सभामा बहुमतकालागि आवश्यक पर्ने संख्या २१ हो । सत्तारुढ गठबन्धनसँग र्पााप्त मात्रामा मत भएका कारण नेपाली काँग्रेसले आफू प्रमुख प्रतिपक्षमा नै बस्ने जनाएको छ ।
‘माओवादीलाई विश्वासको मत लिन आपत परेको खण्डमा हामी मत दिन तयार छौं । तर त्यसकालागि उहाँहरुलाई विश्वासको मत जुटाउन समस्या हुने स्थिति आउनु प¥यो ।’ काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘उहाँहरुलाई आवश्यक मत छदैंछ । त्यस अवस्थामा हामी विपक्षमा मतदान गर्न पनि सक्छौं वा हामी अनुपस्थित पनि हुन सक्छौं ।’
पहिलोप्रेस
६ माघ २०७९, शुक्रबार ०९:५३