Loading... आजः ४ पुष २०८१, बिहीबार

मुख्यमन्त्री शर्मासँग जुम्ली नेताहरुको मागः प्रहरी पोस्टमा ज्यादती हुनथाल्यो, नियन्त्रण गरिपाउँ

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासँग नेकपा माओवादी केन्द्र जुम्लाको प्रतिनिधि मण्डलले आज भेटघाट गरेको छ । मुख्यमन्त्री निवासमा आज विहान भएको भेटवार्तामा जुम्ला जानेक्रममा यात्री तथा व्यापारीहरुले प्रहरी चेकपोस्टमा चेकजाँचका नाममा अनावश्यक ज्यादती हुन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा पराजित गोमा गौतम कुँवरको नेतृत्वमा आएको उत्त प्रतिनिधि मण्डलले जुम्लामा लागु औषधको विगविगी बढन थोको बताउँदै सिसिटिवि क्यामेराबाट निगरानी बढाउन पहल गर्नुपर्ने माग समेत गरेको थियो ।

‘जुम्लबाट स्याउ ल्याउने व्यापारी देखि सडक भएर यात्रा गर्ने यात्रुहरुलाई प्रहरी चेकपोस्टमा अनावश्यक तनाव दिने काम भइरहेको छ । केहि प्रहरीले ज्यादती समेत गर्न थालेका छन् । त्यसको नियन्त्रण गर्न मुख्यमन्त्री ज्यूले हल थालिदिनुप¥यो ।’ माओवादी युवा नेता महेश रावतले मुख्यमन्त्री शर्मासँग भने, ‘जिल्लामा लागु औषध कारोवार तथा सेवनकर्ताहरुको विगविगि बढन थालेको छ । यसलई नियन्त्रण गर्न आवश्यक कदम उठाउने र हरेक पोस्टमा सिसिटिवि क्इामेरा जडान गर्न आवश्यक छ । त्यस्तो हुँदा यात्रु, व्यापारीले तनाव पनि लिन पर्दैन, प्रहरीबाट हुने ज्यादती पनि केहि हदसम्म रोकिन्छ ।’

जवाफमा मुख्यमन्त्री शर्माले भर्खरै सरकार गठन भएका कारण अहिले नै सबैकुरा गर्न सकिने अवस्था नरहेको बताए । ‘तपाईहरुका माग जायज छन् । अहिले हामी सरकार विस्तारकै क्रममा छौं ।’ मुख्यमन्त्री शर्माले भने, ‘सरकारलाई पूर्णता दिइसकेपछि यस विषयमा आवश्यक पहल गरौंला ।’


सम्बन्धित समाचार