सोनम ल्होसारले बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने अपेक्षा छः प्रदेश प्रमुख परियार
सुर्खेत ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सोनम ल्होसार पर्वले नेपालीमा बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने अपेक्षा व्यक्त गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख परियारले उक्त कुरा उल्लेख गरेका हुन ।
‘जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ्ग समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुरÞ्याउने छ मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व समेत हो ।’
विज्ञप्तीमा भनिएको छ, ‘अन्तमा, तामाङ्ग समुदायको यस पर्वले सिंगो नेपाली संस्कृतिभित्रको तामाङ्ग जाति तथा समुदायको संस्कृति आफैंमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको छ तामाङ्ग समुदायको यस महान पर्वले सबै नेपालीमा नयाँ उमंग सहित हर्षोल्लास र शान्तिको सन्देश फैलाई सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना गर्दछु ।’
पहिलोप्रेस
८ माघ २०७९, आईतवार १०:०४