Loading... आजः २ कार्तिक २०८२, आईतवार

जनताको कामदारको रुपमा आएको छु: मुख्यमन्त्री शर्मा

सुर्खेत ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संचार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन्। व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको भन्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन् ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीको आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने– ‘अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ।’  शर्माले सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रीत हुनुपर्ने पनि बताए ।

शर्माले आफु कर्णालीका जनताको कामदार भएको बताए। ‘म कामदार हुँ, म कामदारलाई सहि तरिकाले काम दिनुहुने छ, साथै कर्णाली समृद्धिको अभियानमा पत्रकारिता जगतले सहयोग गर्नेछ !


सम्बन्धित समाचार