Loading... आजः ४ पुष २०८१, बिहीबार

मन्त्रालय ‘मर्ज’ भएको सात दिन वित्न लाग्दा पनि फेरिएन जलस्रोत तथा उर्जा विकास मन्त्रालयको बोर्ड

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा गाभेर मन्त्रालयको नाम भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय राख्ने भनेर राजपत्रमा प्रकाशित गरेको करिब एक साता वित्दा पनि मन्त्रालयको नाम नफेरेको पाइएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चार बुँदे सहमति अनुसार २०७४ सालमा सुरुमा कायम भएका मन्त्रालय मात्रै राख्ने निर्णय प्रदेश इन्चार्जहरुले गरेका थिए ।

प्रदेश इन्चार्जले गरेको उक्त निर्णयलाई माघ नौ गते बसेको मन्त्रीपरिषदको वैठकले कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्र प्रकाशित गरि सात मन्त्रालय कायम भएको सूचना जारी गरेको थियो ।


सम्बन्धित समाचार