पत्रकारका समस्या हल गर्न कर्णाली प्रतिबद्ध छः मन्त्री जिसी
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसि जितेन्द्रले कर्णालीको पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले स्थापनाको १९ औं वर्षगाँठको अवसरमा आयोजना गरेको कर्णालीको दिगो विकासमा आमसञ्चारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै दिगो विकास गर्न, कर्णालीका जनतालाई सहि सूचना दिन र खबरदारी गर्न कर्णालीका पत्रकारको भूमिका प्रशंसनीय रहेको समेत बताए ।
उनले कर्णाली प्रदेश सरकारले छिटै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधेयक ल्याउने तयारी गर्ने बताउँदै पत्रकारिता जगतामा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्वोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा आवश्यक परामर्श गरिने जनाए ।
मध्यपश्चिम विश्व विद्यालयका आमसञ्चार विभागका उपप्राध्यापक युुवराज शर्माले कर्णालीको पत्रकारिताबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सुर्यमणि गौतम, मध्यपश्चितम विश्वविद्यालयका पूर्व डीन पिताम्बर ढकाल, नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देविराम देवकोटालगायत विभिन्न पेशागत संघसंगठनमा आवद्ध पत्रकारहरुले आफ्नो धारणा राखेका थिए ।
पहिलोप्रेस
१५ माघ २०७९, आईतवार १६:२०