Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्मचारी अभावको सकस झेल्दै कर्णाली सरकार, आर्थिक मन्त्रालय उपसचिव विहीन

रातो किताबमा समेटिएका योजना कार्यान्वयन गर्न सकस पर्दै

सुर्खेत ।
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय उप–सचिव विहीन भएको छ । तीन ओटा उपसचिवको दरवन्दी रहेको कर्णाली प्रदेशको महत्वपूर्ण यो मन्त्रालय विगत लामो समय देखि उपसचिव विहीन बन्दा बजेट शीर्षक संशोधन गर्ने देखि अन्य सबै काम ठप्प भएका हुन ।

उपसचिव नहुँदा मन्त्रालयमा अन्य मन्त्रालयबाट आउने प्रस्ताव स्वीकृत हुन सकेका छैनन्, भने नयाँ सरकार निर्माण भएपनि त्यसले विकास निर्माणका कार्यलाई तीव्रता दिन, योजना हेरफेर गर्न र आवश्यक निर्देशन दिन मन्त्रालय असमर्थ देखिएको हो ।

हुम्ला, जुम्ला, डोल्पा र मुगुबाट लामो समय लगाएर सेवा लिन आउने सेवाग्राहीहरुलाई कठिन भएको छ ।
मुगुबाट सेवा लिन पुगेका धनराज न्यौपानेले मन्त्रालयमा उप–सचिव नहुँदा सेवा लिन कठिन भएको बताए ।
उनले भने, ‘मुगुबाट काम विशेषले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत आएको हप्ता बढी भयो, सचिव काम विशेषले बाहिर भएको सुनँे, उप–सचिव भएपनि काम हुन्थ्यो, तर लामो समयदेखि मन्त्रालय उप–सचिव विहीन रहेछ ।’
उनिमात्रै होईनन्, बजेट कार्यान्वयन गर्ने अन्तिम तयारी भइरँहदा रातो किताबमा समेटिएका योजनामा भएका गल्ती सुधार गर्नेहरुको लाईन मन्त्रालयमा लाग्ने गरेको छ ।

‘मेरो गाउँमा विद्यालय भवन परेको छ । उक्त भवन निर्माणका लागि सबै प्रक्रिया पुरा गरियो । तर अन्तिममा सम्झौता गर्न जाँदा वडा नं. फरक परेको रहेछ ।’ सल्यानका एक सेवाग्राहीले भने, ‘त्यसकालागि मैले मन्त्रालयमा बारम्बार आएर प्रयास गर्दा पनि सफल भएको छैन । विद्यालयको नाम र ठेगाना मिलेको भएपनि वडा नं. संशोधन गर्नुपर्ने भएका कारण सम्झौता हुन सकेको छैन । कतै विद्यालयको भवन निर्माणका लागि परेको बजेट फिज हुने पो हो की भन्ने चिन्ता लाग्न थालेको छ ।’


सम्बन्धित समाचार