Loading... आजः ४ पुष २०८१, बिहीबार

स्वर्गीय कार्कीको शालिक अनावरण, प्रदेश सरकारले अक्षय कोष स्थापनाका लागि पहल गर्ने

सुर्खेत । भेरीगंगा नगरपालिका वडा नं. एक का मोटरसाईकल दुर्घटनामा परि गत फागुनमा मृत्यू भएका तत्कालिन वडा अध्यक्ष नवराज कार्कीको वडा कार्यालयमा शालिक अनावरण भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी ‘जितेन्द्र’ले मंगलबार स्व. कार्कीको वडा कार्यालय परिसरमा शालिक अनावरण गरेका हुन ।
शालिक अनावरण गर्दै मन्त्री जिसीले उनी एक कर्मठ, उर्जाशिल र जनताको साथीको रुपमा रहेको बताउँदै भेरीगंगाको कम्युनिष्ट आन्दोलनमा उनको भूमिका अतुलनीय भएको बताए ।

‘उहाँ इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति सधैं उत्तरदायी यूवा नेता हुनुहुन्थ्यो ।’ मन्त्री जिसीले भने, ‘उहाँले सुर्खेती कम्युनिष्ट आन्दोलनलाई दिनु भएको योगदान अविष्मरणीय छ ।’

मन्त्री जिसीले वडाअध्यक्ष्ँ कार्कीले देखेको सपनालाई पुरा गर्ने प्रतिबद्धता जनाए । ‘प्रदेश सरकार उहाँको सपना पुरा गर्न प्रतिबद्ध छ । उहाँले देखाएको बाटोमा हामी हिडन तयार छौं ।’ उनले भने, ‘प्रदेश सरकारले मौखि रुपमा घोषणा गरेको पाँच लाख रुपैंया अक्षय कोष स्थापना गर्नका लागि म पहल गर्छु ।’

भेरीगंगा नगरप्रमुख यज्ञप्रसाद ढकालले नेता कार्की इमान्दार र जनताको सेव ागर्न प्रतिबद्ध रहेको भन्दै वडा कार्यालयको पहलमा र स्थानीय नेता कार्यकर्ताको पहलमा उनको शालिक स्थापना गरिएको बताए ।

‘हामीले शालिक अनावरणका लागि एक लाख र वडा नं.दुईको सत्तरीमा उनको नाममा प्रतिक्षालय निर्माणका लागि साढे एक लाख सहयोग गरेका छौं ।’ उनले भने, ‘आगामी दिनमा पनि हामी उहाँको सम्झनामा गर्ने कार्यमा सहयोग गर्न तत्पर छौं ।’

नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष दिनेश पुलामीसहित नेकपा माओवादी केन्द्रका स्थानीय अगुवा कार्यकर्ताको पहलमा उक्त शालिक अनावरण गरिएको हो ।

यसअघि कर्णाली प्रदेश सरकारले अक्षय कोषका लागि पाँच लाख सहयोग गर्ने मौखिक आश्वासन दिएपनि एक लाख मात्रै सहयोग गर्ने बताएपछि कार्कीका परिवारले उक्त रक अस्वीकार गरेका थिए ।


सम्बन्धित समाचार