पत्रकार र सदनबीच पारस्परिक सम्वन्ध बनाएर अघि बढछौंः उपसभामुख न्यौपाने
सुर्खेत ।
कर्णाी प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेले पत्रकार र सदनबीच पारस्परिक सम्वन्ध बनाएर अघि बढने प्रतिबद्धता जनाएकी छिन् ।
आज वीरेन्द्रनगरमा रहेका त्रियाशील पत्रकारसँग भेटघाट गर्दै उनले संघीयता बलियोबनाउनका लागि सदन र पत्रकारबीच सहकार्य हुनुपर्नेमा जोड दिईन ।
‘संसदलाई सफल बनाउन यहाँहरुको योगदान अमूल्य रहनेछ । महिला नेतृत्वमा रहेको कर्णाली प्रदेश सभालाई सफल बनाउन यहाँहरुबाट सकारात्मक र रचनात्मक सहयोग हुने अपेक्षा गर्दछौं ।’ उनले भनिन, ‘सदनलाई पहुँच योग्य बनाउने देखि पत्रकारका समस्या समधान गर्न हामी लाग्छौं ।’
त्यसअघि पत्रकारहरुले आगामी पाँच वर्षमा कर्णालीको प्रदेश सभा कसरी पत्रकारमैत्री बनाउन सकिन्छ भन्ने सुझाव दिएका थिए ।
पहिलोप्रेस
९ फाल्गुन २०७९, मंगलवार ११:२९