सिँचाई आयोजना वेवारिसे बनेको भन्दै वडा कार्यालयले बड्डिचौर सिचाँई आयोजनाको तीन दिनभित्र भेला बोलाउन दियो निर्देशन
सुर्खेत ।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको वडा नं. पाच वडा कार्यालयले वडामा सञ्चालित बड्डिचौर सिचाँई आयोजनाको तीन दिनभित्र भेला बोलाउन निर्दशन दिएको छ ।
वडा अध्यक्ष धिमराज जोल्मी मगरद्धारा हस्ताक्षरित निर्देशन पत्रमा लामो समयसम्म भेला नबोलाईएको विषयमा उजुरी परेको भन्दै तीन दिन भित्र आम भेला बनाउन निर्देशन दिएको हो ।
वडा कार्यालयमा १० जना स्थानीय उपभोक्ताले निवेदन दिएपछि वडा कार्यालय एक्शनमा उत्रिएको हो ।
रत्नबहादुर सारुसहितका दश जना युवाले विगत लामो समयदेखि समितिको आम भेला नबोलाइएको, लेखा परिक्षण नगरिएको भन्दै तत्काल आम भेला बोलाउन निर्देशन दिन उजुरी गरेका थिए ।
उपभोक्ता समितिको म्याद सकिदासमेत नियम विपरिता कार्य भएको, आर्थिक अनियमितता गरिएको तथा गैरकानूनी कार्य गरिएको भन्दै निवेदन दर्ता गरिएको हो ।
पहिलोप्रेस
९ फाल्गुन २०७९, मंगलवार ११:४३