ड्रागन खेतिबाट वार्षिक १६ लाख आम्दानी गर्दै कर्णालीका मुख्यमन्त्री
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्मा ‘आर्ट’ ले वार्षिक रुपमा १६ लाख जति ड्रागन खेतिबाट आम्दानी गर्ने गरेका छन् । मुख्यमन्त्री भएपछि दुई महिना भित्र सार्वजनिक गर्नुपर्ने सम्पती विवरणमा उनले उक्त कुरा उल्लेख गरेका हुन ।
मुख्यमन्त्री शर्माले २०७१ साल देखि लमही नगरपालिका दाङमा ६०० बेर्ना लगाएर उनले उत्तः खेति गरेका हुन ।
उक्त समयमा बेर्ना खरिद लगायतका सामाग्रीमा तीन लाख रुपैंया खर्च भएको उनको विवरणमा उल्लेख छ ।
मुख्यमन्त्री शर्माले कसैलाई पनि तिर्न बाँकी ऋण नभएको उल्लेख गरेका छन् भने कुनैपनि कम्पनीमा उनको शेयर लगानी समेत नभएको उल्लेख गरेका छन् ।
उनले रुकुमको मुसिकोटमा रहेको नेपाल बैंकमा पाँच लाख नगद रहेको उल्लेख गरेका छन् । यो रकम उनको पारिश्रमिकबाट प्राप्त भएको बताइएको छ । उनि यसअघि रुकुम पश्चिमको जिल्ला समन्वय प्रमुखसमेत भइसकेका हुन ।
मुख्यमन्त्री शर्माको अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नामा दाङको लमही नगरपालिका– १ मा ३५७२.९१ वर्गमिटर जग्गा रहेको उल्लेख छन् । सो जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ ।
यस्तै रुकुमको चौरजहारी नगरपालिका– १४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१२० वर्गमिटर आफ्नो नाममा रहेको उल्लेख गरेका छन् । यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ ।
पहिलोप्रेस
२१ फाल्गुन २०७९, आईतवार १७:२१