Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

कर्णालीका मन्त्रीले बुझाए सम्पती विवरण

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले समय अगावै राष्ट्रिय सर्तकता केन्द्रमा सम्पती विवरण बुझाएका छन् । मन्त्री नियुक्त भएको साठी दिन भित्र सम्पती विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था अनुसार भौतिक पूर्वाधार, उर्जा तथा खानेपानी मन्त्री मंगल शाहीले फागुन ११ मा विवरण बुझाएका हुन ।

यस्तै, सोही मन्त्रालयका राज्यमन्त्री उर्मिला विश्वकर्माले फागुन ४ गते सम्पती विवरण बुझाएका हुन ।
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसि ‘जितेन्द्र’ले फागुन १० गते विवरण बुझाए भने आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले पनि सम्पती विवरण केहि दिन पहिले बुझाएका हुन ।

यस्तै, सामाजिक विकास मन्त्री टेकराज पछाईले सम्पती विवरण केहि दिनमा बुझाउने बताए भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले आजै सम्पती विवरण बुझाउने भएका हुन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले पनि सर्तकता केन्द्रमा सम्पती विवरण बुझाइ सकेका हुन ।
सबै मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पती विवरण बुझाईसकेपनि हालसम्म कुनै मन्त्रीले आफ्नो सम्पती विवरण सार्वजनिक भने गरेका छैनन् । सामान्यतया सम्पती विवरण सार्वजनिक गर्ने प्रचलन भएपनि कर्णालीमा कसैले पनि सम्पती विवरण सार्वजनिक भने गरेका छैनन् ।

‘हामीले कानून अनुसार सम्पती विवरण बुझाउने स्थानमा बुझाइसकेका छौं ।’ मन्त्री मंगल शाहीले भने, ‘त्यो पनि मन्त्री भएको दुई महिना भित्रै बुझाइसकेका छौं । म मनत्री भएको दुई महिना पुग्न अझै समय वाँकी छ ।’

उनले कानून अनुसार सरकार अघि बढेको बताउँदै त्यसमा संशय लिनुपर्ने अवस्था नरहेको बताए ।


सम्बन्धित समाचार